क्लोपको नजरमा सलाह र रोनाल्डो बीच तुलना हुनै सक्दैन, बताए यस्तो कारण !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका प्रशिक्षक योर्गेन क्लोपले क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाह बीच तुलना हुन नसक्ने बताएका छन्। प्रिमियर लिगको महत्वपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडसँग सामना हुनु अगाडी क्लोपले रोनाल्डो र सलाह बीच तुलना हुन नसक्ने बताएका हुन्।

पत्रकारहरुले सोधेका प्रश्नहरुको जवाफ दिने क्रममा सलाह र रोनाल्डो बीच धेरै भिन्नता रहेका कारण दुई खेलाडी बीच तुलना हुन सक्ने बताए। रोनाल्डो दायाँ तथा सलाह बायाँबाट आक्रमण गर्न खप्पिस रहेको क्लोपको भनाई छ। रोनाल्डो हावामा उत्कृष्ट रहेको पनि क्लोप बताउँछन्। रोनाल्डोको राम्रो हेडिंग गर्न सक्ने क्षमता तर्फ इंकित गर्दै क्लोपले रोनाल्डो हावामा उत्कृष्ट रहेको बताए।

“हामी किन तुलना गर्ने ? दुबै विश्व स्तरीय हुन्। म भन्न चाहन्छु मोको देब्रे खुट्टा राम्रो छ। रोनाल्डो हावामा उत्कृष्ट छन् र उनको दाहिने खुट्टाले राम्रो खेल्छन्।”,क्लोपले भने,”गतिको कुरा गर्नुपर्दा पर्दा दुवै खेलाडी छिटो छन्। र दुवै खेलाडी गोल गर्ने तिब्र चाहना राख्छन्। माफ गर्नुहोस्, यी दुई खेलाडी बीच तुलना गर्ने रहर मलाई छैन।”

नयाँ सिजन शुरु भएपछि लिभरपुलका सलाह उच्च लयमा देखिएका छन्। लिभरपुलले नयाँ सिजन शुरु भएपछि अपराजित यात्रालाई कायम राख्दा सलाह लिभरपुलको मूख्य हतियार बनिरहेका छन्। लिभरपुलका लागि ११ खेल खेल्दै उनले १२ गोल गरिसकेका छन्।

त्यस्तै रोनाल्डो पनि राम्रो लयमा देखिन्छन्। रोनाल्डोले युभेन्टसबाट युनाइटेड आएपछि ६ गोल गरिसकेका छन्। रोनाल्डोले ८ खेल खेल्दा यो संख्यामा गोल गरेका हुन्। रोनाल्डोको नाममा एक पनि असिस्ट छैन। तर सलाहले भने नयाँ सिजन शुरु भएपछि ४ असिस्ट दिसकेका छन्।

रोनाल्डो भर्सेस सलाह: ओलेको नजरमा को उत्कृष्ट ?

प्रकाशित : शुक्रबार, कार्तिक ०५, २०७८२१:०६

करियरको अन्त्य सम्म लिभरपुलमै बस्ने सलाहको चाहना !