“मेस्सीलाई फ्रेन्च फुटबलमा टिक्न गार्हो पर्यो, शारीरिक रुपमा तयार देखिएनन्”

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाबाट फ्रेन्च कलाब पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका लियोनेल मेस्सी फ्रेन्च फुटबलमा घुलमिल हुनेक्रममा छन्। च्याम्पियन्स लिगमा तीन गोल गरिसकेपनि मेस्सीले फ्रेन्च लिग वानमा खाता खोल्न बाँकी छ। च्याम्पियन्स लिगका खेलमा मेस्सी सहज देखिएपनि मेस्सी फ्रेन्च लिग वानमा पनि संघर्ष गरिरहेका छन्।

मेस्सीले घरेलु लिगमा खाता खोल्न बाँकी नै रहेको अवस्थामा पिएसजीका एक पूर्व खेलाडीले मेस्सी फ्रेन्च फुटबलका लागि शारीरिक रुपमा पूर्ण तयार भैनसकेको बताएका छन्। पिएसजीका पूर्व मिडफिल्डर ओलिभर रोयरले मेस्सी फ्रेन्च लिगका लागि शारीरिक रुपमा तयार नरहेको बताएका हुन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा ओलिभर रोयरले मेस्सी उत्कृष्ट खेलाडी रहेको भनेपनि उनीबाट जति हुनुपर्ने हो त्यति हुन नसकिरहेको बताए। उनका अनुसार मेस्सी अहिले उच्च फर्ममा छैनन्। आफूहरुले मेस्सीबाट उच्च स्तरको खेल हेर्न चाहेको उनको भनाई छ।

“मेरो लागि लियोनल मेस्सीको समस्या शारीरिक समस्या हो। मलाई लाग्छ कि उनी फर्ममा छैनन्। हो, म निराश छु। निस्सन्देह, उनी सिटी र लाइपजिङ बिरुद्ध गोल गर्न सफल रहे। तर म उनीबाट अझै केहि राम्रो खेल आशा गर्छु।”,रोयरले भने।

मेस्सी भएपछि पिएसजीको खेल जुन स्तरको हुनुपर्ने हो त्यो स्तरको हुन सकिरहेको छैन भन्ने बुझाई रोयरको छ। फ्रेन्च लिग वानमा मेस्सीबाट धेरै राम्रो खेल आफूहरुले अपेक्षा गरिरहेको रोयरले बताए।

उनले भने,”म चाहन्छु कि खेल अधिक चमकदार होस्, स्पष्ट होस्। मेस्सी अहिले पनि राम्रो गरिरहेका छन्, तर पनि हाम्रो अपेक्षा अनुसार उनीबाट कमाल हुन सकिरहेको छैन। म फेरी पनि भन्छु, उनी शारीरिक रूपमा पूर्ण तयार छैनन्। म मेस्सीको प्प्रदर्शन देखेर चिच्याउन चाहन्छु, उनी अझ राम्रो गरुन् भन्ने मेरो चाहना छ।”

प्रकाशित : शनिबार, कार्तिक ०६, २०७८१२:३५

एम्बाप्पेले छाडे के होला पिएसजीको हाल ? यसो भन्छन् पिएसजीका पूर्व मिडफिल्डर !