एम्बाप्पेले छाडे के होला पिएसजीको हाल ? यसो भन्छन् पिएसजीका पूर्व मिडफिल्डर !

एजेन्सी – फ्रेन्च कलाब पेरिस सेन्ट जर्मेन(पिएसजी)का पूर्व मिडफिल्डर जेरोम रोथेनले युवा स्टार किलियन एम्बाप्पेले छाडेको खण्डमा पिएसजीको बेहाल हुने बताएका छन्। एक पोडकास्टमा बोल्नेक्रममा रोथेनले एम्बाप्पे गएपछि पिएसजी अहिले जस्तो बलियो अवस्थामा नरहने बताए।

रोथेनका अनुसार एम्बाप्पेले पिएसजी छाडेको खण्डमा पिएसजी पहिलाकै जस्तो कम्जोर अवस्थामा फर्किनेछ। त्यहि भएर नै पिएसजीले एम्बाप्पेलाई क्लबमा अड्याउन भरपुर प्रयास गरिरहेको उनको भनाई छ।

पिएसजीले लियोनेल मेस्सी र नेयमारका वरिपरी भन्दा पनि एम्बाप्पेका वरिपरी परियोजनाको विकास गर्नुपर्ने पनि रोथेनले बताए। उनका अनुसार एम्बाप्पेलाई क्लबमा अड्याउन पिएसजीले एम्बाप्पेलाई क्लबको योजनाको केन्द्रमा राख्नुपर्छ।

रोथेन भन्छन्,”यदि एम्बाप्पे फ्रीमा जान्छन् भने पिएसजीलाई ठूलो समस्या हुनेछ, पिएसजी कम्जोर अवस्थामा फर्किनेछ। एम्बाप्प्पेलाई क्लबका अड्याउन पिएसजीले भरपुर प्रयास गर्नुपर्ने देखिन्छ। एम्बाप्पेलाई यो स्पष्ट बनाइनुपर्छ कि पिएसजीको योजना उनी वरिपरी छ, न कि मेस्सी र नेयमार वरिपरी”

पिएसजीसँग एम्बाप्पेको सम्झौता यस सिजनको अन्त्य सम्म मात्रै छ। आउने जनवरी ट्रान्सफर विन्डोमा एम्बाप्पे कुनै पनि क्लबसँग अग्रिम सम्झौता गर्न खुला हुनेछन्। त्यसअगाडी नै सम्झौता थप गर्ने गरी पिएसजीले छलफल चलाइरहेको अवस्थाछ।

सम्झौता हुन नसकेको खण्डमा एम्बाप्पे फ्री ट्रान्सफरमा जुन सुकै क्लबमा जान पाउनेछन्। त्यस्तो हुँदा पिएसजीलाई आर्थिक रुपले पनि ठूलो घाटा हुनेछ।

गएको ट्रान्सफर विन्डोमा स्पेनिस महारथी रियल म्याड्रिड एम्बाप्पेका लागि २ सय मिलियन युरो सम्म तिर्न तयार भएको थियो। तर पिएसजीले रियलका सम्पूर्ण प्रस्ताव ठाडै अस्विकार गरेको थियो।

प्रकाशित : शनिबार, कार्तिक ०६, २०७८१३:५९

“म हार्न चाहन्न, बराबरी खेल्नु पनि मेरा लागि हार नै हो”