बलिउडका कयौं चलचित्र रिजेक्ट गरिसकेका छन् यी बलिउड कलाकार !

एजेन्सी – दक्षिण भारतीय चलचित्र क्षेत्र लगातार विकसित हुँदै बलिउडलाई टक्कर दिरहेको छ। भन्नलाई बलिउड भन्दा सानो भनिएपनि दक्षिण भारतीय चलचित्रहरु बलिउडका ठूला बजेटका चलचित्रहरुलाई माथ दिरहेका छन्। गएका वर्षहरुमा जसरी दक्षिण भारतीय चलचित्रहरुको विकास भइरहेको छ त्यसले दक्षिण भारतीय कलाकारहरुको क्रेज राम्रैसँग बढाएको छ।

त्यहि क्रेजलाई देखेर धेरै निर्देशक-निर्माताहरुले दक्षिण भारतीय कलाकारहरुलाई बलिउडमा ल्याउन प्रयासरत छन्। अहिले सम्म धेरै दक्षिण भारतीय कलाकारहरुले बलिउडमा डेब्यू गरिसकेका छन्। तर त्यहाँ यस्ता कलाकार पनि छन्, जसलाई बलिउडमा काम गर्न खासै चाहँदैनन् । आज हामी बलिउड चलचित्र रिजेक्ट गरेका कलाकारहरु बारे केहि चर्चा गर्दै छौँ।

अनुष्का शेट्टी

बाहुबलीपछि चर्चाको केन्द्र बनेकी अनुष्का शेट्टीलाई अहिले सम्म कयौं चलचित्र अफर भैसकेको छ। तर उनी प्रयास बलिउड चलचित्रहरुको अफर सिधै रिजेक्ट गर्छिन्। अनुष्काले अस्विकार गरेको चलचित्रहरुमा बलिउड चलचित्र ‘सिंघम’ पनि पर्छ। अनुष्कालाई अजय देवगन स्टारर फिल्म सिंघमका लागि सम्पर्क गरिएको थियो। तर उनले चलचित्रमा काम गर्न अस्विकार गरिन्।

नयनतारा 

शाहरुख खान अभिनित फिल्म चेन्नई एक्सप्रेस दीपिका भन्दा अगाडी नयनतारालाई अफर गरिएको थियो। चलचित्रमा एक दक्षिण भारतीय युवतीको भूमिका निभाउनको लागि आग्रह गरिएको थियो। तर उनले अफरलाई सिधै अस्विकार गरिन्। पछि उक्त भूमिकामा दीपिकालाई कास्ट गरियो।

अल्लु अर्जुन 

अल्लु अर्जुन दक्षिण भारतीय चलचित्र क्षेत्रका सबै भन्दा चर्चित नायकमा पर्छन्। बलिउड कलाकार भन्दा पनि राम्रो क्रेज रहेका उनलाई पनि एक बलिउड चलचित्र अफर गरिएको थियो, तर उनले अफर स्विकार गरेनन्। यो सुन्दा तपाईलाई अचम्म लाग्न सक्छ कि चलचित्र बजरंगी भाइजान सलमान भन्दा अगाडी अल्लुलाई अफर गरिएको थियो। तर अल्लुले चलचित्रमा काम गर्न सिधै अस्विकार गरिदिए।

यश 

केजिएफबाट सबैको मनमा बस्न सफल साउथ सुपरस्टार यश लाई सैफ अली खान स्टारर लाल कप्तान अफर गरिएको थियो। तर चलचित्रमा काम गर्न यशले सिधै अस्विकार गरिदिएका थिए। चलचित्र पछि सैफको हातमा पुग्यो।

महेश बाबू

टलिउड राजकुमार महेश बाबु साउथमा मात्र नभई हिन्दी सिने दर्शकमाझ पनि निकै लोकप्रिय छन् । हिन्दी दर्शक उनको बलिउड डेब्यूको प्रतिक्षामा छन् । हिन्दी फिल्म निर्माताहरूले पनि फिल्मका लागि धेरै पटक उनलाई सम्पर्क गरेका छन्। तर हरेक पटक महेशले ती प्रस्तावहरू अस्वीकार गर्ने गरेका छन्।

सामन्था

रिपोर्टका अनुसार साउथ अभिनेत्री सामन्थालाई शाहरुख खान स्टारर फिल्म लायनको लागी सम्पर्क गरिएको थियो। तर अभिनेत्रीले फिल्मको प्रस्ताव अस्वीकार गरेकी थिइन्।

प्रकाशित : शनिबार, कार्तिक ०६, २०७८१९:२५

लगातार बढ्दै सुनको मूल्य, आज सुन ८३ दिनकै महँगो !