बालोन डी’ओर विश्व फुटबलमा सबैभन्दा ठूलो व्यक्तिगत पुरस्कारको रूपमा व्यापक परिचित छ, यस वर्षको समारोह २९ नोभेम्बरमा फ्रान्सको पेरिसमा हुँदैछ।
सबैभन्दा धेरै यस अवार्ड हात पार्ने सूचीमा लियोनल मेस्सीले ६ पटक अवार्ड जितेपछि अग्रता लिएका छन् भने क्रिस्टियानो रोनाल्डो पाँच उपाधिसहित दोस्रो स्थानमा छन्। यी दुई खेलाडी यस वर्षको अवार्डका लागि पनि दाबेदार रहेका छन्। बार्यन म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्की, चेल्सी मिडफिल्डर जोर्गिन्हो र रियल म्याड्रिडका फरवार्ड करीम बेन्जेमा पुरस्कारका लागि अन्य नाममा परेका छन्।
यस वर्षको बालोन डी’ ओर अवार्डका लागि लडाई निकै कडा हुने देखिन्छ। यस्तोमा, GiveMeSport ले गरेको एक रिपोर्ट अनुसार युट्युब च्यानल BCHDGaming ले फिफा २२ लाई आधार मानेर यसै वर्षबाट २०३५ सम्म यो अवार्ड कसले जित्नेछ भनेर भविष्यवानी गरेको छ। यदि यो भविष्यवाणी अलिकती मात्र पनि साँचो हुन आउँछ भने यो फ्रेन्च स्टार किलियन एम्बाप्पेको लागि धेरै राम्रो खबर हो, जबकि एर्लिंग हालाण्डको लागि भने यो भविष्यवाणी अपमानजनक हुनसक्छ।
२०२१ विजेता: रोबर्ट लेवान्डोस्की
२०२२ विजेता: किलियन एम्बाप्पे
२०२३ विजेता: किलियन एम्बाप्पे
२०२४ विजेता: किलियन एम्बाप्पे
२०२५ विजेता: किलियन एम्बाप्पे
२०२६ विजेता: किलियन एम्बाप्पे
२०२७ विजेता: किलियन एम्बाप्पे
२०२८ विजेता: किलियन एम्बाप्पे
२०२९ विजेता: किलियन एम्बाप्पे
२०३० विजेता: फेलिक्स डी वुल्फ़
२०३१ विजेता: किलियन एम्बाप्पे
२०३२ विजेता: मार्को कास्ट्रो
२०३३ विजेता: किलियन एम्बाप्पे
२०३४ विजेता: मार्को कास्ट्रो
२०३५ विजेता: फेलिक्स डी वुल्फ़
यदि माथिको सूचीमा गरिएको भविष्यवाणी मध्ये केहि सफल हुने हो भने लेवान्डोस्कीले यस वर्षको अवार्डको स्वाद लिनु पर्छ। त्यस्तै, एमबाप्पेले २०२८ सम्ममा कीर्तिमानी सातौं उपाधि जित्ने छन्। फ्रान्सेली स्टारले लगातार आठ पटक बालोण डी’ ओर जित्ने भविष्यवाणी गरिएको छ, जुन अन्तमा समाप्त हुनेछ जब काल्पनिक डच खेलाडी फेलिक्स डी वुल्फले २०३० मा जित्ने दावी गरिएको छ।
सन् २०३५ सम्ममा पीएसजी स्टार एम्बाप्पेले १० पटक यस अवार्ड जित्ने भविष्यवाणी गरिएको छ भने अर्का काल्पनिक खेलाडी मार्को कास्ट्रोले २ पटक जित्दा युवा स्टार एर्लिंग हालाण्डको भने सूचीमा नामो-निशान रहेको छैन।