युरोपियन टोलीको तेल निकाल्न नेसन्स लिगमा ब्राजिल र अर्जेन्टिना पनि आउने !

फिफाले प्रत्येक दुई वर्षमा विश्वकप गराउने प्रस्तावमा काम गरिरहेको बेला यूईएफए भने नेसन्स लिग विस्तारको तयारीमा जुटेको छ । अलेक्जेन्डर सेफेरिनको अध्यक्षतामा रहेको यूईएफएले ब्राजिल र अर्जेन्टिनाको अन्तर्राष्ट्रिय टिमहरुलाई प्रतियोगिताको अर्को संस्करणमा भाग लिन निमन्त्रणा दिनेछ।

ला गजेटा डेलो स्पोर्टका अनुसार यूईएफए अन्य कन्फेडेरेसनका आमन्त्रित टोलीहरुका साथ ग्लोबल नेसन्स लिग आयोजना गर्न चाहन्छ। एलिजान्डो डोमिनगेजको नेतृत्वमा रहेको कोनमेबोल र यूईएफएको बीच रहेलो बलियो सम्बन्धका कारण यस्तो विचार आएको हो।

यी दुई महादेशीय कन्फेडेरेसनले यसअघि युरो च्याम्पियन इटाली र कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना बीच मैत्रीपूर्ण खेल हुने समेत घोषणा गरिसकेका छन्, जुन २०२२ को जुन महिनामा हुनेछ।

कोपा च्याम्पियन अर्जेन्टिना र युरो च्याम्पियन इटाली बीच महा भिडन्त 

आउँदो वर्षको जुन महिनामा युरोप र दक्षिण अमेरिका च्याम्पियन्स क्रमश: इटाली र अर्जेन्टिना बीच मैत्रीपूर्ण खेल हुने घोषणा भएको छ। इटाली युरो कप २०२० को विजेता बनेको थियो भने अर्जेन्टिनाले कोपा अमेरिका २०२१ उपाधि जित्न सफल भएको थियो।

युईएफए र कोनमेबोलले आफूहरुले विश्वव्यापी खेलको विकासका लागि संयुक्त प्रतिबद्धतामा आफ्नो गठबन्धन विस्तार गर्ने खुलासा गरेका छन्। जस अन्तर्गत नै विश्व फुटबलका दुई मुख्य शासकीय निकायहरुले युरो च्याम्पियन्स र कोपा विजेता बीच एक खेल खेलाउने घोषणा गरेका हुन्। यूईएफएले आफ्नो आधिकारिक वेबसाइटबाट यसको पुष्टि गरेको हो। खेल कुन मैदानमा हुने भन्ने कुरा तय भइसकेको छैन।

“युईएफए र कोनमेबोलले आज आफ्नो विद्यमान सहयोगको विस्तारको साथै युईएफए युरो २०२० विजेता इटाली र कोनमेबोल कोपा अमेरिका २०२१ विजेता अर्जेन्टिना बीचको खेल २०२२ जूनमा (स्टेडियम तय हुन बाँकी) हुने घोषणा गरीएको छ,” प्रकाशित बयानमा लेखिएको छ।

इटालीलाई यो अवसर इतिहासमा दोस्रो पटक युरोपेली च्याम्पियनसिप जितेको कारण प्रदान गरिएको हो। जुलाईमा भएको फाइनल खेलमा घरेलु टोली इंग्ल्याण्डलाई पेनाल्टी सुट-आउटमा पराजित गर्दै रोबर्टो मान्सिनीको प्रशिक्षणमा रहेको इटाली च्याम्पियन्स बनेको थियो।

यसै बीच अर्जेन्टिनाले आफ्नो १५ औं कोपा अमेरिकाको उपाधि जितेर युरोपको च्याम्पियन्स विरुद्ध भिड्ने मौका पायो। २८ वर्षपछि प्रमुख प्रतियोगिताको उपाधि जितेको लिओनेल स्कोलानीको टोलीले फाइनल खेलमा घरेलु टोली ब्राजिललाई १-० लि पराजित गर्दै उपाधि हात पारेको थियो।

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८१२:४७

सलाह भर्सेस रोनाल्डो: प्रिमियर लिगको ‘हिरो’ को ? थाहा हुनेछ आज !