आज रोनाल्डोको असली परिक्षा, सलाह र रोनाल्डोमा को उत्कृष्ट पनि थाहा हुन्छ !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति म्यानचेस्टर युनाइटेड र लिभपुलबीच प्रतिस्पर्धा हुदैछ । खेल ओल्ड ट्राफर्डमा नेपाली समयअनुसार राति ९:१५ बजे हुनेछ ।

म्यानचेस्टर युनाइटेड र लिभरपुलबीचको खेललाई निकै महत्वका साथ हेरिएको छ । दुवै टोली अकं नगुमाउने रणनीतिमा मैदान उत्रने पक्का छ । १८ अंकका साथ लिभरपुल तालिकाको तेस्रो स्थानमा रहँदा युनाइटेड १४ अंकसहित छैटौं स्थानमा छ । शीर्षताको दौडमा फर्कनका लागि युनाइटेडलाई आजको खेल जित्नु पर्ने हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा युनाइटेड लयमा रहेको लिरपुललाई हराउँदै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । टोलीसँग सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको साथ रहेको छ । यसै समरमा युनाइटेड आएयता रोनाल्डोले ५ खेलमा ३ गोल गरिसकेका छन् ।

रोनाल्डोसँगै टोलीमा पल पोग्वा ब्रुनो फर्नान्डेस, मासन ग्रीनवुड, नेमान्जा माटिच, स्टक म्याकटोमिने, लुका सा, ह्यारी मगाएर, भिक्टर लिन्डेलफ, आरोन वान विसाका र डेभिड डे हेया रहेका छन् ।

यता, लयमा रहेको लिभरपुल पनि घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई स्तब्ध पार्दै दोस्रो स्थानमा उक्लने योजनामा हुनेछ । युनाइटेडलाई हराउन सके लिभरपुलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई पछि पार्दै शीर्षस्थानको चेल्सीसँगको अंक दुरी १ मा छोट्याउनेछ ।

यि दुई टोलीबीचको पछिल्लो ३० खेलमा युनाइटेड हाभी छ । युनाइटेडले १३ खेल आफ्नो पक्षमा पार्दा ९ खेल लिभरपुलले जितेको छ । ८ खेल बराबरीमा सकिएको छ । पछिल्लो दुई भेटमा दुवै टोलीले समान एक खेल आफ्नो पक्षमा पारेका छन् ।

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८१६:४०

पीएसजी भन्दा चेल्सी खतरा क्लब मान्ने टुचेल भन्छन्-‘नेयमार र एम्बाप्पे भन्दा लुकाकु धेरै सहज’