क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा दोस्रो कार्यकालको सफल सुरुवात गरेका छन्। पोर्चुगिज स्टारले क्लबमा फर्किएपछि आठ खेलमा ६ गोल गरिसकेका छन्। ३६ वर्षको उमेरमा पनि रोनाल्डो हरेक हप्ता उच्च स्तरको खेल प्रदर्शन गर्दै आएका छन्।

तर ५ पटकका ब्यालुन डी’ ओर विजेता हाल विश्वको सर्वश्रेष्ठ स्ट्राइकर मध्ये कहाँ छन्? फोरफोरटुले हाल विश्वको १० उत्कृष्ट स्ट्राइकरको सूची सार्वजनिक गरेको छ। यस्तो रहेको टप १० खेलाडीको सूची:-
१०. लाउटारो मार्टिनेज (इन्टर मिलान)
९. एडिन्सन काभानी (म्यानचेस्टर युनाइटेड)

८. काइरो इमोबिले (लाजियो)
७. करिम बन्जेमा (रियल म्याड्रिड)

६. रोमेलु लुकाकु (चेल्सी)
५. क्रिस्टियानो रोनाल्डो (म्यानचेस्टर युनाइटेड)

४. ह्यारी केन (टोटनह्याम हट्सपर)
३. किलियन एम्बाप्पे (पेरिस सेन्ट जर्मेन)

२. एर्लिंग हालाण्ड (बोरुसिया डर्टमण्ड)
१. रोबर्ट लेवान्डोस्की (बार्यन म्युनिख)

फोरफोरटुका अनुसार रोनाल्डो हाल विश्वका सर्वश्रेष्ठ स्ट्राइकरको सूचीमा पाचौं स्थानमा मात्र पर्छन्। यस सिजन संघर्षपूर्ण सुरुवात गरेका टोटनह्याम कप्तान पनि रोनाल्डो भन्दा माथि रहेका छन्। गत केहि सिजनबाट निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्की पहिलो स्थानमा रहेका छन्।

