लिभरपुल लेजेण्डले भने – ‘सलाह जति स्वार्थी खेलाडी मैले देखेकै छैन’

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका लेजेण्ड खेलाडी ग्रिम साउनेसले लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहलाई ‘स्वार्थी खेलाडी’को संज्ञा दिएका छन्। एक पत्रिकाका लागि स्तम्भ लेख्ने क्रममा साउनेसले सलाहलाई स्वार्थी खेलाडीको रुपमा चित्रण गरेका हुन्।

साउनेसका अनुसार सलाह आफूले देखेका सम्पूर्ण खेलाडी मध्येमा स्वार्थी र लोभी हुन्। आफूले देखेका स्वार्थी भन्दा स्वार्थी खेलाडीको सूचीको शिर्ष स्थानमा पर्ने साउनेसको भनाई छ।

“उनी सायद मैले देखेका खेलाडीहरु मध्येमा सबै भन्दा स्वार्थी र लोभी खेलाडी हुन्। सबै शिर्ष खेलाडीहरु केहि न केहि स्वर्थी र पक्कै हुन्छन्, तर उनी धेरै नै स्वार्थी छन्।”,सलाहलाई साउनेसले चित्रण गरेका छन्।

सलाहका लागि व्यक्तिगत लक्ष्य सबै भन्दा महत्वपूर्ण हुने साउनेसको बुझाई छ। हरेक सम्भावित कोणबाट बल शुट गर्ने भएका कारण सलाह आफूलाई धेरै स्वार्थी लाग्ने गरेको पनि साउनेसले उल्लेख गर्छन्।

द टाइम्समा साउनेसले लेखेका छन्,”व्यक्तिगत लक्ष्य उनको लागि महत्वपूर्ण छ र उनी हरेक सम्भावित कोणबाट शुट गर्छन्। त्यसैले साडियो मानेलाई निराश पार्छ। तर अन्य खेलाडीहरु भने सलाह को उक्त बानिलाई सजिलै पचाउँछन्।”

सलाहलाई स्वार्थी भनिरहँदा साउनेसले उनलाई हालको अवस्थाका सबै भन्दा उत्कृष्ट खेलाडी रहेको बताउन पनि छुटाएका छैनन्। सलाहलाई हालको अवस्थामा विश्वको उत्कृष्ट खेलाडी मान्ने योर्गेन क्लोपसंग साउनेस सहमत छन्।

“मैले स्वार्थी खेलाडी भनेकोलाई उनले सकारात्मक रुपमा लिउन्। मेरा लागि उनी गोल मेसिन हुन्।”,उनी लेख्छन्”म योर्गेन क्लोपसँग पूर्ण सहमत छु। यस सिजन सलाह विश्वको सबै भन्दा राम्रा खेलाडीको रुपमा देखिएका छन्।”

प्रकाशित : आइतबार, कार्तिक ०७, २०७८१९:३३

बार्सिलोना पराजित: रियल म्याड्रिड शिर्ष स्थानमा उक्लिँदा बार्सिलोना ९ औं स्थानमा !