फ्रेन्च लिग वानमा मेस्सीले अझै खाता खोल्न सकेनन्, पीएसजी बराबरीमै अड्कियो !

एजेन्सी – फ्रान्सको ‘ले क्लासिक’ डर्वीमा मार्से र पेरिस सेन्ट जर्मेन (पीएसजी)ले बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीको गोलले मान्यता नपाउँदा गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् ।

मार्सेमा आइतबार राति भएको खेलको १४औं मिनेटमा लुआन पेरेसले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । २०औं मिनेटमा एर्काडिअस मिलिकले गोल गरेपनि उनको गोलले पनि भिएआरबाट मान्यता पाएन ।

५७औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो । सेन्गिज अन्डरलाई फल गर्न पुगेपछि रेफ्रीले अचरफ हाकिमीलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । तर त्यसको फाइदा घरेलु टोली मार्सेले उठाउन सकेन ।

यो बराबरीपछि पीएसजी ११ खेलबाट २८ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदा मार्से १८अंक जोडेर शीर्ष चारमा रहेको छ ।

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८०७:४२

भान डाइकले थर्काएपछि थुर-थुर भए रोनाल्डो, हिरो बन्न खोज्नु भारी पर्यो [भिडियो सहित]