कांग्रेसको मागले भीमप्रसादको सत्ता लम्बियो !

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मत लिने समय एक सातापछि धकेलिएको छ। गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले)कै ईच्छा एवं माग अनुसार प्रदेशसभा बैठक स्थगित गरिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिने समय एक साता सरेको हो।

आचार्यले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार बोलाइएको बैठक कात्तिक १५ गतेसम्मलाई स्थगित गरिएको छ। यो समाचार अन्नपुर्णपोस्ट दैनिकमा प्रकाशित छ।

आइतबार दिउँसो १२:३० बजेका लागि बैठक आह्वान गरिएको थियो। एमाले सचिव आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका हुन्। आचार्य नेतृत्वको सरकार अहिले अल्पमतमा छ।

उनले गत शुक्रबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका थिए। मुख्यमन्त्रीले प्रस्ताव पेस गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आइतबारसम्मका लागि संसद बैठक स्थगित गरेका थिए। उक्त प्रस्ताव असोज २५ गते नै संसद सचिवालयमा दर्ता भएको थियो। प्रस्तावमाथि आइतबार बस्ने प्रदेशसभा बैठकमा छलफल र मत विभाजन हुने कार्यसूची थियो।

प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठकको कार्यसूची सार्वजनिक गरेको थियो। कार्यसूची आएपछि संसद बैठक बस्नैपर्ने संसदीय अभ्यासविपरीत कात्तिक १५ गतेसम्मका लागि बैठक स्थगन गरिएको छ। तर प्रमुख

प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तारुढ एमालेले बैठक सार्न माग गरेको भन्दै प्रदेशसभा सचिवालयले दिउँसो २:३० बजेतिर बैठक बस्ने मिति परिवर्तन भएको सूचना टाँस गरेको हो। सत्तारुढ र प्रतिपक्षी दलको ईच्छाअनुसार प्रदेशसभाको बैठक २०७८ कात्तिक १५ गते सोमबार दिउँसो साढे १२ बजे बस्ने जानकारी प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले दिएका छन्। प्रदेश १ को हिउँदे अधिवेशन सुरु हुने मिति परिवर्तन भएसँगै मुख्यमन्त्री आचार्यको कार्यकाल थप एक सात लम्बिएको छ।

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८०८:१८

बानेश्वरको बीच सडकमै खाल्टो परेपछि …