मेस्सी र स्वारेज पुन: एकसाथ एकै क्लबमा खेल्ने ?

लुइस स्वारेज र लियोनेल मेस्सीले हालैका सिजनहरूमा मैदान र मैदान बाहिर पनि निकै राम्रो सम्बन्ध कायम राखेका छन्। दुई दक्षिण अमेरिकी फरवार्डहरुले बार्सिलोनामा एकसाथ ६ सिजन बिताउँदा एक घनिष्ठ व्यक्तिगत मित्रता बनाए, जहाँ उनीहरु संसार कै सबैभन्दा घातक जोडी मध्ये एक थिए।

उरुग्वेली स्टारले मेस्सीसँग बार्सिलोनामा २०१४ देखि २०२० सम्म खेल्दै क्लबका लागि १९८ गोल गर्न सफल भए। २०२० मा तत्कालिन नव नियुक्त प्रशिक्षक रोनाल्ड कोम्यानको योजनामा नपरेको भन्दै निकै अपमानजनक तरिकाले स्वारेज बार्सिलोना छाड्न बाध्य भए। बार्सिलोनाबाट एथलेटिको म्याड्रिड पुगेका ३४ वर्षीय स्टारले क्लबलाई २०१३ पछि पहिलो पटक लालिगा उपाधि जिताउन प्रमुख भूमिका खेले।

त्यस्तै, २१ वर्षपछि बार्सिलोना छाडेर यसै सिजन मात्र मेस्सी पनि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेण (पीएसजी) प्रस्थान गरे। अझै पनि यी दुई स्टार निकै घनिष्ठ मित्र रहेका छन्। यसै समरमा दुबै स्टारको परिवार एकसाथ बिदा मनाउँदै गरेको पनि देखिएको थियो। जारी सिजनको अन्त्यमा स्वारेजको सम्झौता स्पेनिस च्याम्पियनसँग सकिँदैछ। तर उनले क्लबसँग २०२३ सम्म सम्झौता थप गर्ने बुझिएको छ।

त्यस्तै, पीएसजीमा मेस्सीको सम्झौता पनि २०२३ बाट सकिनेछ। जसपछि दुबै स्टार एमएलएस प्रस्थान गर्ने योजनामा रहेको केहि रिपोर्टहरुले जनाएका छन्। डायरियो स्पोर्ट द्वारा उल्लेख गरिए अनुसार दुबै स्टार अमेरिकामा एकै क्लबमा पुन: एकसाथ खेल्ने सोच बनाइरहेका छन्।

डेभिड बेकहमको स्वामित्वमा रहेको इन्टर मायामी क्लब दुई सुपरस्टारहरु को पुनर्मिलनको लागि सबैभन्दा सम्भावित गन्तव्य रहेको बुझिएको छ र समय हुनसक्छ सन् २०२३। के यो सफल होला त ?

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८१३:२२

सलाह यो ह्याट्रिक अनि रोनाल्डोको त्यो ह्याट्रिक, जसले युनाइटेडलाई घुँडा टेकायो ! [भिडियो सहित]