जब पायेटले मेस्सीलाई तिरीमिरी झ्याई देखाइदिए [भिडियो सहित]

लियोनेल मेस्सीले आफ्नो करियरमा धेरै खेलाडीलाई ध्वस्त पारेका छन् तर आइतबार राती ६ पटकको बालोन डी’ओर विजेता आफूले नै सोहि खालको घटनाको सामना गर्नु पर्यो।

स्टेड वेलोड्रोममा मार्सेलीसँग ०-० को बराबरीमा रोकिएको खेलमा मार्सेलीका दिमित्री पायेटले मेस्सीलाई न्युवेल्स ओल्ड ब्वाइजमा फिर्ता पठाए। पिएटले पीएसजीकै हाफमा मेस्सीको खुट्टाबाट बल खोस्न सफल भए र मेस्सीलाई नमाज्जाले छक्याउँदै मैदानमा पछारे। मेस्सीले पायेटको खुट्टाबाट बल खोस्न प्रयास गरे तर फ्रान्सेली मिडफिल्डर निकै सुन्दर कला देखाउँदै बललाई आक्रमणतर्फ अघि बढाए।

https://twitter.com/i/status/1452380300697288708

पूर्व वेस्ट ह्याम स्टार यस सिजन सिजन उत्कृष्ट लयमा रहेका छन्। जारी सिजन उनले ५ गोल गर्नुका साथै थप ४ गोलमा असिस्ट पनि प्रदान गरेका छन्। तर घरेलु मैदानमा भएको खेलमा पीएसजी विरुद्ध भने उनले खासै प्रभाव पार्न सकेनन्।

मेस्सीले भने यो सिजन पीएसजीका लागि एक पनि लिग गोल गर्न सकेका छैनन्। च्याम्पियन्स लिगमा ३ खेलमा ३ गोल गरिसकेका ३४ वर्षीय अर्जेन्टिनी कप्तानले लिग १ मा भने गोलको खाता खोल्न सकेका छैनन्।

५७औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटिन पुग्यो । सेन्गिज अन्डरलाई फल गर्न पुगेपछि रेफ्रीले अचरफ हाकिमीलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाए । तर त्यसको फाइदा घरेलु टोली मार्सेले उठाउन सकेन ।

यो बराबरीपछि पीएसजी ११ खेलबाट २८ अंक जोडेर शीर्षस्थानमा यथावत रहँदा मार्से १८अंक जोडेर शीर्ष चारमा रहेको छ ।

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८१५:२२

लज्जास्पद हारपछि रोनाल्डोले माफी माग्दै लेखे भावुक पोष्ट, अब आँखा खोल्नु पर्ने !