लज्जास्पद हारपछि रोनाल्डोले माफी माग्दै लेखे भावुक पोष्ट, अब आँखा खोल्नु पर्ने !

आइतबार लिभरपुलसँग ५-० को लज्जास्पद हार बेहोरेपछि स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सामाजिक सञ्जाल मार्फत क्लबका समर्थकसँग माफी मागेका छन्।

 

रोनाल्डोको एक गोल अस्वीकृत भयो तर खेलको धेरै जसो समय उनी एक दर्शक जस्तै थिए किनकि रेड डेभिल्स आफ्नै घरेलु मैदानमा एक लज्जास्पद हारको शिकार भयो। जर्गेन क्लोपको पक्ष प्रत्येक विभागमा उत्कृष्ट थिए, जसले दुई टोलीहरू बीचको भिन्नता निकै स्पष्ट रूपमा देखाइदिएको छ।

नाबी केइटाले गोलको खाता खोलेको खेलमा उक्त गोलका असिस्टकर्ता मोहम्मद सलाहले खेलमा ह्याट्रिक गर्न सफल भए। त्यस्तै, डिएगो जोटाले पनि एक गोल गरे। क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडका बाँकी फ्रन्टलाइ स्टारले प्रभावहीन मिडफिल्डबाट कुनै पनि सेवा प्राप्त गर्न सकेनन्। डिफेन्सको त जति कम कुरा गर्यो त्यति नै राम्रो।

५-० ले पछि परेको अवस्थामा प्रतिस्थापित भएर मैदान प्रव्रेश गरेका पोग्बाले रातो कार्ड पाएपछि युनाइटेडको हालत अझ खराब हुन पनि सक्थ्यो। लिभरपुल विरुद्धको हारपछि रोनाल्डोले क्लबका समर्थकसँग सामाजिक सञ्जाल मार्फत माफी मागेका छन्।

 

View this post on Instagram

 

A post shared by Cristiano Ronaldo (@cristiano)

“कहिले कहिँ हामीले चाहेको जास्तो नतिजा हुँदैन। कहिले हामीले सोचेको जस्तो स्कोर-लाइन हुँदैन। यसको जिम्मा हामीले लिनु पर्छ, किनकि यसमा कसैलाई दोष दिन मिल्दैन,” उनले लेखे, “हाम्रा फ्यानहरू, एक पटक फेरि, उनीहरूको निरन्तर समर्थनमा अद्भुत थिए। उनीहरु यो भन्दा राम्रो, धेरै राम्रो नतिजाको योग्य छन्, र यो सबै हामीमा निर्भर छ। अब समय आयो।”

प्रकाशित : सोमबार, कार्तिक ०८, २०७८१६:१७

बार्सिलोना लेजेण्ड भन्छन् – ‘हालाण्ड र एम्बाप्पे बार्सिलोनामा टिक्न सक्दैनन्’