सुवारेज भन्छन्-“साँच्चै भन्नु पर्दा बालोन डी’ ओरका लागि मेस्सीको कुनै प्रतिद्वन्द्वी नै छैन”

करिम बेन्जेमा, रोबर्ट लेवान्डोस्की, क्रिस्टियानो रोनाल्डो र जोर्गिन्हो सबैको उपस्थितिमा २०२१ बालोन डी’ओरको लागि प्रतिस्पर्धा तातिएको छ। मतगणना अनुसार नोभेम्बर २९ मा उक्त अवार्ड हात पार्न एकजना उम्मेदवार स्पष्ट रूपमा उभिएको छ।

हालैको सर्वेक्षणमा, मार्का पाठकहरूको ३४% ले लियोनेल मेस्सीलाई भोट दिए, २६% करिम बेन्जेमा र ११% ले रोबर्ट लेवान्डोस्कीलाई भोट दिए। मेस्सीको लागि २०२१ निकै खास रहेको थियो। यस्तोमा, ३४ वर्षीय स्टारलाई उनका निकै नजिकका साथी लुइस सुवारेजले प्रशंसा गरेका छन्।

ओलेसँग बोल्दै उरुग्वेली स्टारले भने,”बालोन डी’ओरको लागि, तपाईंले एक वर्षमा कसैले के गरे भनेर मात्र हेर्नु हुँदैन, तर तपाईंले खेलाडीको रूपमा कोही कस्तो छ भनेर पनि हेर्नुपर्छ। मलाई विश्वास छ कि मेस्सीको कुनै प्रतिद्वन्द्वी छैन।”

२०२१ मा बार्सिलोना, पेरिस सेन्ट-जर्मेन र अर्जेन्टिनाका लागि ४८ खेलहरूमा, अर्जेन्टिनाले ४० गोल र १४ असिस्टहरू सङ्कलन गर्दै, सुस्त हुने कुनै संकेत देखाएका छैनन्। मेस्सीले बार्सिलोनासँग अर्को कोपा डेल रे जिते। जसपछि गत समरमा अर्जेन्टिनालाई कोपा अमेरिका जिताउन प्रमुख भूमिका खेले। अर्जेन्टिनालाई २८ वर्षपछि कुनै प्रमुख उपाधि जिताउने क्रममा मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता, असिस्टकर्ताका साथै प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी पनि घोषित भए।

प्रकाशित : मङ्गलबार, कार्तिक ०९, २०७८१५:४१

मेस्सी कै कारण पीएसजीमा एकता नभएको डि मारियाको भनाई !