आज बुधबार : तपाईको दिन सोचेझैं शुभ या अशुभ कस्तो रहला ? हेर्नुहोस् राशिफल !

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईको मन निकै चंचल रहने छ जसकारण तपाईलाई निर्णय लिनमा धेरै समस्या हुनेछ।  कुनै पनि महत्वपूर्ण कार्य सम्पन्न गर्न सकिने छैन । प्रतिष्पर्धीको सामना गर्नुपर्नेछ।  नयाँ काम गर्ने प्रेरणा मिल्नेछ। तपाईं केहि बौद्धिक वा तार्किक छलफलमा भाग लिनुहुनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

कुनै पनि काम पूर्ण स्थिर भएर गर्नुहोला। यात्राको आयोजना सफल हुनेछैन। दाजुभाईबाट माया र सहयोग मिल्नेछ । कलाकार, कारीगर र लेखकहरूले आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछन्। स्वास्थ्य राम्रो रहनेछ। प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

तपाईको दिन आर्थिक रूपमा लाभदायक रहनेछ । शारीरिक तथा मानसिक रुपमा स्फूर्ति र आनन्दको अनुभूति हुनेछ । तपाईको दिन आफन्त र साथीभाइसँग खुसीसाथ बित्नेछ। आर्थिक लाभ हुनेछ। मनमा आउने नकारात्मक विचारलाई हटाउनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

तपाईको दिन मनमा उदासी र भयको अनुभव भएर बित्नेछ । परिवारमा मतभेदका कारण पारिवारिक वातावरण तनावपूर्ण रहनेछ। मनमा दुविधा रहनेछ। बोलीमा ध्यान दिनुहोला। आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोला। धेरै खर्च हुनेछ। मानहानि हुन सक्छ सावधान रहनुहोस्।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

व्यापारमा लाभ र आम्दानी बढ्नेछ । राम्रो भोजन प्राप्त हुनेछ। साथीभाइसँग रमाइलो ठाउँमा जानुहुनेछ। स्त्री मित्रबाट विशेष लाभ होला। छोरासँग भेटघाट होला। कुनै शुभ घटना हुन सक्छ। दाम्पत्यजीवन राम्रो रहनेछ र पत्नीको सहयोग मिल्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

नयाँ काम गर्ने योजना पूरा हुनेछ। दिन व्यवसायी तथा जागिर गर्नेको लागि लाभदायक रहनेछ । उच्च अधिकारीको अनुग्रह रहनेछ, पदोन्नतिको अवसर मिल्नेछ। पिता पक्षबाट लाभ मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक वातावरण रमाइलो रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

नयाँ कामको थालनी गर्ने प्रयास गर्नुहुन्छ। बौद्धिक कार्य र साहित्य लेखनमा सक्रिय रहनु हुनेछ । तीर्थयात्राको अवसर मिल्नेछ। विदेशमा बस्ने साथीभाइ तथा आफन्तको समाचार सुन्न पाइनेछ, जसकारण मन प्रसन्न रहनेछ । सहकर्मीको सहयोग प्राप्त हुनेछैन। सन्तान चिन्तित रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

स्वास्थ्यको विशेष ख्याल राख्नुहोला। खोकी, सास फेर्न वा पेटमा समस्या हान सक्छ। तपाई शारीरिक र मानसिक रूपमा अस्वस्थ रहनु हुनेछ। रिसलाई नियन्त्रणमा राख्नुहोला । कुनै पनि अनैतिक काम र सरकार विरोधी गतिविधिबाट टाढै रहनुहोला । तपाईको अधिक खर्च हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

तपाईको दिन सुख र शान्तिमा बित्नेछ। मिष्ठान्न भोजन र नयाँ वस्त्र प्राप्त हुनेछ। विपरीत लिंगीय व्यक्तिप्रति विशेष आकर्षण रहनेछ र भेटघाट रोमाञ्चक हुनेछ। तपाईको विचार स्थिर रहनेछैन। सार्वजनिक जीवनमा मान-सम्मान मिल्नेछ । दाम्पत्य जीवनमा राम्रो सुख मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

तपाईको स्वास्थ्य राम्रो रहनेछ। परिवारका सदस्यसँग रमाइलो समय बित्नेछ। व्यवसायको विकासका लागि दिन फलदायी रहनेछ।  धन लाभको योग छ। सहकर्मीको सहयोग मिल्नेछ, प्रतिस्पर्धीलाई परास्त गर्न सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

तपाईको दिन राम्रो रहनेछ। वैचारिक रुपमा चिन्तित हुने भएकोले कुनै महत्वपूर्ण निर्णय नगर्नु नै फाइदाजनक रहनेछ । यात्रामा समस्या आउन सक्छ। तोकिएको काम पूरा हुन नसक्दा धेरै निराश हुनुहुनेछ। मन अशान्त रहनेछ।  सन्तानको स्वास्थ्य वा शिक्षामा चिन्ता रहनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

तपाईमा ताजगी र जोशको कमीमा बित्नेछ। आमाको स्वास्थ्य बिग्रन सक्छ। आफन्त तथा साथीभाइसँग वादविवाद हुनेछ । धेरै समस्या र प्रतिकूल परिस्थितिको कारण शारीरिक -मानसिक स्वास्थ्य बिग्रन सक्छ। महिला र पानीबाट सावधान रहनुहोला।

प्रकाशित : मङ्गलबार, कार्तिक ०९, २०७८१७:४४

भोलि कार्तिक १० गते बुधबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !