तिहार लगत्तै लाग्नेछ वर्षको अन्तिम चन्द्रग्रहण, यी राशिका मानिसमा पर्नेछ विशेष असर !

नोभेम्बर महिनामा दुईवटा ठूला घटना हुने छन्, पहिलो नोभेम्बर ४ तारिखमा लक्ष्मीपूजा मनाइनेछ, त्यसपछि केही दिनपछि सन् २०२१ को अन्तिम चन्द्रग्रहण पनि लाग्नेछ। वर्षको दोस्रो र अन्तिम चन्द्रग्रहण १९ नोभेम्बर २०२१ मा देखिनेछ। यो चन्द्रग्रहण अमेरिका, अस्ट्रेलिया, पूर्वी एसिया, उत्तरी युरोप र अमेरिकामा देखिनेछ । नेपालको कुरा गर्ने हो भने यो चन्द्रग्रहण नेपालमा देखिने छैन। ज्योतिषशास्त्रका अनुसार यो चन्द्रग्रहण वृष राशि र कृतिका नक्षत्रमा लाग्नेछ।

चन्द्रग्रहण लाग्ने समय 

नोभेम्बर १९ मा लाग्ने चन्द्रग्रहण यस वर्षको अन्तिम चन्द्रग्रहण हुनेछ। नेपाली समय अनुसार १९ नोभम्बरको बिहान ११ बजेर ४९ मिनेटमा चन्द्रग्रहण सुरु हुनेछ। यो ग्रहण साँझ ५ः४८ बजेसम्म रहनेछ।

नेपालमा सूतककाल मान्य हुनेछैन 

नेपालमा चन्द्रग्रहण नहुने भएकाले यसको सुतक अवधि मान्य हुने छैन। ग्रहणको समयमा सुतक कालको विशेष महत्व रहेको छ। सुतक अवधिमा धेरै कुरामा ध्यान दिनु पर्ने हुन्छ। सुतकमा पूजा र भोजन निषेध गरिएको छ। सुतकमा भगवानको स्मरण र मन्त्र जप निरन्तर गर्नुपर्छ। ग्रहणको समयमा गर्भवती महिलाले विशेष ख्याल गर्नुपर्छ। सन् २०२१ को पहिलो चन्द्रग्रहण २६ मे २०२१ मा भएको थियो। शास्त्रका अनुसार ग्रहण पूरा भएपछि यसको प्रभाव बढी हुन्छ। पूर्ण चन्द्रग्रहण हुँदा मात्र सुतकको नियम पालना गर्नु उचित हुन्छ। तर छायाँ ग्रहण लागेमा सुतकको नियम धेरै पालना हुँदैन।

यी राशिमा रहनेछ चन्द्रग्रहणको प्रभाव 

यो चन्द्रग्रहण वृष राशि र कृतिका नक्षत्रमा लाग्नेछ। यस्तो अवस्थामा वृष राशिका व्यक्तिहरुले सावधानी अपनाउनुपर्छ। यसबाहेक चन्द्रग्रहणको प्रभाव मेष, कन्या, तुला र धनु राशिमा पनि पर्नेछ।

प्रकाशित : मङ्गलबार, कार्तिक ०९, २०७८१९:४९

शुक्रले गर्दै राशि परिवर्तन, यी ७ राशिलाई लाभै-लाभ !