ज्योतिष शास्त्रका अनुसार अब आउने सोमबारसम्मको लागि यी ४ राशिका मानिसलाई भाग्यले पूरा साथ दिनेछ। यस अवधिमा यी चार राशिका मानिसले धेरै क्षेत्रहरूमा शुभ परिणाम प्राप्त गर्नेछन्। यो समयमा ग्रह-नक्षत्रको चाल यी राशिका मानिसको लागि अनुकूल साबित हुनेछ। जान्नुहोस् कुन-कुन राशिका मानिसको लागि यो समय निकै शुभ रहनेछ।
मेष राशि

व्यापार व्यवसायमा पहिलेको भन्दा सुधार हुनेछ। आयका नयाँ स्रोत भेटिनेछन्। तपाईंको साहस तथा पराक्रम बढ्नेछ। सन्तान पक्षबाट शुभ समाचार प्राप्त हुनाले मन प्रशन्न हुनेछ। शिक्षाको क्षेत्रमा पनि तपाईंले सोचे अनुरुप सफलता प्राप्त गर्न सक्नुहुनेछ। प्रेम सम्बन्ध अझ बलियो हुनेछ। जीवनसाथीको पूरा साथ सहयोग प्राप्त हुनेछ।
तुला राशि

केहि क्षेत्रमा समय प्रतिकूल रहेता पनि प्राय: क्षेत्रमा सफलता प्राप्त गर्नुहुनेछ। भूमि-भवन तथा पैतृक सम्पति सम्बन्धि निर्णय तपाईंको पक्षमा जानेछ। कार्यक्षेत्रमा तपाईंको कार्यको पूरा सराहना गरिनेछ। शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुनेछ। लामो तथा छोटो यात्राको योग बन्नेछ, जुन यात्रा तपाईंको लागि लाभदायक साबिक हुनेछ। प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ।
कुम्भ राशि

यो हप्ता सन्तान पक्षबाट कुनै शुभ समाचार प्राप्त हुनाले मन प्रशन्न रहनेछ। परिवारमा सुखमय वातावरण रहनेछ। कार्यक्षेत्रमा अपेक्षित प्रगति हुनेछ। विपरित लिंगी प्रति तपाईंको आकर्षण बढ्नेछ। प्रेम तथा दाम्पत्य जीवनमा इमान्दार रहनुहोस्। रोजगारको क्षेत्रमा केहि समस्या देखा परे पनि कसैको मद्दतले त्यसको समाधान खोज्न सफल हुनुहुनेछ।
मीन राशि

बेरोजगार रहेका मानिसले रोजगारका अवसर प्राप्त गर्नेछन्। यस्तोमा हातमा आएको अवसर झुक्केर पनि खेर झन नदिनुहोस्। कार्यक्षेत्रमा तपाईंको पदोन्नती हुनुका साथै नयाँ अवसरहरु प्राप्त हुनेछ। सरकारी क्षेत्रसँग सम्बन्म्धित मानिसको लागि यो समय अत्यन्त शुभ रहनेछ। दाम्पत्य जीवनमा सुमधुरता रहनेछ।

