कार्तिक लागेपछि पहिलो पटक घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – दशैं भन्दा अगाडी देखि लगातार बढ्न थालेको सुनको मूल्य अन्ततः घटेको छ। दशैँ लाग्ने बितिकै बढ्न थालेर कार्तिक महिनामा पनि लगातार बढेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ६ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै तेजाबी सुनको मूल्य पनि तोलामा ६ सय रुपैंयाँले नै घटेको छ। नेपाली बजारमा आज तेजाबी सुन ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

यस अगाडी सुनको मूल्य लगातार बढेको थियो। सुनको मूल्य आइतबार ४ सय, सोमबार ३ सय र मंगलबार २ सय रुपैंयाँले बढेको थियो। पछिल्ला दिनहरुमा सुन साउन महिना भन्दा पछिकै महँगो भएको थियो। बुधबार सुनको मूल्य कार्तिक महिनामै पहिलो पटक घटेको हो। कार्तिक महिना लागेपछि कुनै पनि दिन सुनको मूल्य घटेको थिएन।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको पनि मूल्य घटेको छ। नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु १५ ले घटेर १ हजार २ सय ५० रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७८११:३८

भोलि यस कम्पनीको आइपीओ बाँडफाँड हुदै, कसको भागमा कति?