निकै खराब निस्कियो हालान्डको चोट, यति धेरै समय रहने भए मैदान बाहिर !

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका युवा फरवार्ड एर्लिङ हालान्ड चोटका कारण अर्को वर्षसम्म मैदानबाहिर रहने भएका छन् ।

कम्मर मुनि चोटका कारण मैदानबाहिर रहेका उनको चोट सोचेभन्दा खराब रहेको बुझिएको छ । आयाक्सविरुद्ध च्याम्पियन्स लिगको खेलमा चोट बोकेपछि उनले लिग अन्तर्गत अर्मिनियाविरुद्ध खेलमा विश्राम लिएका थिए । विस्तृत परिक्षणबाट उनको चोट निकै खराब रहेको पत्ता लागेको छ ।

प्रशिक्षक मार्को रोजले यसअघि नै हालान्ड केहि साताका लागि बाहिर रहने बताएका थिए । तर उनको मांसपेशीमा थप समस्या देखिएपछि अझ लामो समय बाहिर रहने पक्का भएको हो ।

डर्टमुन्डका लागि उच्च प्रदर्शन गर्दै आएका उनी लिगको सर्वाधिक गोलकर्ता सुचिमा दोस्रो स्थानमा छन् ।

हालान्डको चोटसँगै डर्टमुन्डको आक्रमणमा अब समस्या परेको छ । उनको स्थान लिन प्राकृतिक फरवार्ड नहुँदा अन्य खेलाडीमा भर पर्नुपर्ने अवस्था छ ।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७८१३:२४

सङ्कटग्रस्त बार्सिलोनालाई कि क्लोप चाहियो, कि क्लोप जस्तै प्रशिक्षक चाहियो !