शुरु हुँदै विवाहको सिजन: कहिले-कहिले छ लगन ? हेर्नुहोस् !

काठमाडौँ – कार्तिक महिनाको पहिलो हप्ता बितेर समय अगाडी बढ्दै गर्दा तिहार नजिकिरहेको छ। एक हप्ता बित्ने बितिकै तिहार शुरु हुनेछ। नेपालीहरुको महान् चाड मध्ये एक पर्ने तिहार धुमधामसँग मनाइनेछ। आउने केहि दिनपछि नै बजार ततहा वस्तीहरुमा तिहारको रौनक देख्न पाइनेछ। तिहार सकिएलगतै चाडपर्वको मौसम सकिनेछ।

तिहार सकिएको करिब २ हप्तामा मङ्सिर लाग्दैछ। मङ्सिर लगनको महिना हो। हिन्दू धर्मशास्त्रमा उल्लेख गरिएअनुसार हरिबोधनी एकादशी पश्चात लगन शुरु हुन्छन्। यसपालि हरिबोधनी एकादशीकार्तिक २९ गते परेको छ। सो दिनबाट क्षीरसागरमा शेषनागरूपी शय्यामा विश्राम गरिरहेका भगवान विष्णु निद्राबाट जागा हुनेछन्।

आषाढ शुक्ल एकादशीदेखि विश्राम रहेका भगवान विष्णु उठेसँगै सो दिनबाट लगन शुरु हुनेछ। यसपालिको मङ्सिरका लागि कुल ८ लगन जुरेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको जानकारी अनुसार वि. सं. २०७८ मा जम्मा ३६ वटा मात्र लगन निस्किएकोमा ८ लगन मङ्सिरमा परेका छन्।

मङ्सिर महिनामा जुरेका लगनहरु ५, १२, १३, १४, १९, २५, २६, र २७ रहेका छन्। त्यस्तै माघ महिनामा ८, ११, १३, २२, २३, २७, र २८ गते गरी ७ लगन जुरेका छन्। त्यस्तै फागुन महिनामा भने मात्र एक दिन लगन जुरेको छ।

प्रकाशित : बुधबार, कार्तिक १०, २०७८१८:४२

मध्य भोटेकोशीको आइपिओ बाँडफाँड भोलि, १५ लाख बढीको हात रित्तै !