विश्वको उत्कृष्ट खेलाडी बन्न सलाह के गर्छन् ? उनकै सहकर्मीले खुलाए भित्रि कुरा !

एजेन्सी – नयाँ सिजन शुरु भएसँगै लिभरपुलका मोहम्मद सलाह क्लब फुटबलमा तरंग पैदा गरिरहेका छन्। एक पछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै उनले आफ्ना आलोचकहरुको मुख त बन्द गराएका छन् नै, आलोचकहरुलाई पनि समर्थकमा बदलिरहेका छन्। सलाहलाई यति बेला लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा पनि उत्कृष्ट बताउन थालिएको छ।

सलाह हालको अवस्थामा त्यसै पुगेका भने होइनन्। सिजन पछि सिजन सलाहले एकनासको प्रदर्शन गर्न सक्नुमा उनको ठूलो मेहनत छ। सलाह मैदानमा जति कठोर छन्, मैदान माहिर पनि उत्तिकै कठोर अनुशासित छन्।

सलाह मैदान बाहिर कति अनुशासित छन् भन्ने कुरा उनका एक सहकर्मीले खुलासा गरेका छन्। लिभरपुलका गोलकिपर एड्रियनले एक अन्तर्वार्ताका क्रममा सलाह कति अनुशासित र मेहनती छन् भन्ने कुरा खुलस्त बनाएका छन्। एड्रियनका अनुसार सलाह एक दिन पनि बिदा बस्दैनन्। सलाह कि प्रशिक्षणमा हुन्छन् कि रिकभर गरिरहेको हुन्छन् भन्ने एड्रियनको भनाई छ।

‘गोल’लाई अन्तर्वार्ता दिनेक्रममा एड्रियनले सलाह अविश्वसनीय तरिकाले ट्रेन गर्ने खेलाडी रहेको बताए। एड्रियनले भने,”म क्रिस्टियानो [रोनाल्डो] वा [लियोनेल] मेस्सी कसरी ट्रेन गर्छन् त मलाई थाहा छैन। तर सलाह कति मिहेनत गर्छन् भन्ने कुरा भने मलाई थाहा छ।”

कुनै खेल सकिएपछि पनि सलाह प्रशिक्षण र रिकभर गरिरहेको हुने एड्रियनको भनाई छ। एक खेल सकिए लगतै सलाह अर्को खेलको तयारीमा जुट्ने एड्रियनले बताए।

“उनी अविश्वसनीय तरिकाले आफूलाई ट्रेन गर्छन्। विश्वका उत्कृष्ट खेलाडी मध्ये एक हुन उनले हरेक खेलमा अद्भुत स्तर देखाइरहेका छन्, गोल गरिरहेका छन्, उनीसँग गज्जबको ड्रिब्लिङ क्षमता छ।”,एड्रियनले भने,” मेरो लागि पक्कै पनि सलाह संसारको सर्वश्रेष्ठ मध्ये एक हुन्।”

प्रकाशित : बिहिबार, कार्तिक ११, २०७८०९:४८

बायर्नको लाज्जस्पद हार, ५ गोल खाँदा एक गोल फर्काउन सकेनन् !