सलाहलाई पूर्व खेलाडीको सुझाव ‘बार्सा-रियल लिभरपुल भन्दा सानो क्लब हो, त्यहाँ नजानु’

एजेन्सी – प्रिमियर लिगका विभिन्न क्लबमा खेलिसकेका पूर्व स्ट्राइकर ड्यारेन बेन्टको भनाइलाई मान्ने हो भने मोहम्मद सलाह लिभरपुलमै बस्छन्। एक अन्तर्वार्ताका क्रममा बेन्टले सलाह लिभरपुलमै बस्ने बताएका हुन्।

टकस्पोर्टसँग कुराकानी गर्दै बेन्टले सलाहले लिभरपुल छाड्छन् भन्ने आफूलाई नलागेको बताए। उनका अनुसार प्रिमियर लिग छाडे जानु सलाहका लागि राम्रो हुने देखिँदैन। सलाहले लिभरपुल छाड्नै नहुने बेन्टको भनाई छ।

त्यस्तै बेन्टले हालको अवस्थामा बार्सिलोना र रियल म्याड्रिड भन्दा ठूलो र उत्कृष्ट क्लब लिभरपुल रहेको पनि बताए। सलाहका लागि जाने ठाउँ नै बाँकी नरहेको उनको भनाई छ।

“के तपाईलाई थाहा छ उनको (मोहम्मद सलाह) को पक्षमा के छ? उनी जान सक्ने धेरै ठाउँहरू नै छैनन्। बार्सिलोना वा रियल म्याड्रिड पहिला जस्तो रहेनन्। न त दुवै क्लब राम्रो आर्थिक अवस्थामा पनि छन्”,बेन्टको बताए।

सलाहका लागि लिभरपुलमै रहनु राम्रो हुने उनले बताए। स्पेनिस लिग जाने बारे सलाहले सोच्नै नहुने बेन्ट बताउँछन्। यदि आफू सलाहको ठाउँमा भएको भए लिभरपुलमा बस्ने पनि बेन्टको बताए।

“यदि म सलाहको ठाउँमा हुन्थें र बार्सा, रियल म्याड्रिड र लिभरपुल मध्ये रोज्नुपरे म लिभरपुलमा नै बस्ने निर्णय गर्थें।”,बेन्टले भने,”हालको अवस्थामा बार्सा र रियल लिभरपुल जति ठूलो र राम्रो क्लब होइनन्।”

हालको अवस्थामा बार्सा र रियल च्याम्पियन्स लिग जित्न सक्ने अवस्थामा नरहेको बेन्टको भनाई छ। उनी भन्छन् कि हालको अवस्थामा लिभरपुल, चेल्सी, म्यानचेस्टर सिटी, पीएसजी, बायर्न म्युनिख जस्ता क्लबहरुले मात्रै च्याम्पियन्स लिग जित्न सक्छन्।

प्रकाशित : शुक्रबार, कार्तिक १२, २०७८१६:३६

खेल्ने भन्दा बढी ‘पार्टी’ गर्छ भन्नेहरुलाई नेयमारको कडा जवाफ ! के भने ?