पिएसजीको स्क्वाडमा मेस्सी ‘इन’, नेयमारसँग मिलेर देखाउलान् जादू ?

एजेन्सी – फ्रेन्च लिग वान अन्तर्गत लिगको शिर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन(पिएसजी)ले साविक विजेता लिलको शुक्रबार राति सामना गर्दैछ। गएको सिजन लिग वानमा पिएसजीलाई एक अंकले पछाडी पार्दै लिग वान जितेको लिलको सामना पिएसजीले आज राति गर्न लागेको हो। खेल नेपाली समय अनुसार आज राति १२ बजेर ४५ मिनेटमा शुरु हुनेछ।

फ्रेन्च लिगमा पिएसजी पछिल्लो समय धेरै नै राम्रो प्रदर्शन गरिरहेको छ। नयाँ सिजन शुरु भएपछि ११ खेल खेल्दा पिएसजीले मात्रै एक खेलमा हार बेहोरेको छ भने एक खेल बराबरी खेलेको छ। बाँकी ९ खेलमा पिएसजीले जित निकालेको छ। पिएसजी फ्रेन्च लिग वानको शिर्ष स्थानमा छ। पिएसजीको २८ अंक छ।

त्यस्तै साविक विजेता लिल भने यस सिजनमा संघर्षरत छ। नयाँ सिजन शुरु भएपछि ११ खेल खेल्दा लिलले मात्रै ४ खेलमा जित निकालेको छ भने ४ खेलमा हार बेहोरिसकेको छ। त्यस्तै बाँकी ३ खेलमा भने लिल बराबरीमा रोकिएको छ। लिल १५ अंक सहित १० औं स्थानमा छ।

मेस्सीले खल्ने पक्का

यस अगाडी मेस्सी खेल्ने सम्भावना कम रहेको भनिएपनि आजको खेलमा लियोनेल मेस्सी पनि खेल्ने भएका छन्। पिएसजीले खले अगाडी सार्वजनिक गरेको २२ खेलाडी सहितको स्क्वाडमा मेस्सीको नाम अटाएको छ। यस अगाडी समस्या समस्याका कारण मेस्सी आजको खेलमा नहुने चर्चा गरिएको थियो।

लिल विरुद्धको खेलमा आज नेयमार पनि खेल्दैछन्। तर आजको खेलमा एम्बाप्पे भने हुने छैनन्। कानमा समस्या भएका कारण उनी आराम गरिरहेका छन्। उनी आउने साता देखि प्रशिक्षणमा सहभागी हुने बताइएको छ।

प्रकाशित : शुक्रबार, कार्तिक १२, २०७८१७:३३

बार्सिलोनाको हिरो पिएसजीमा जिरो: मेस्सीले अझै खाता खोल्न सकेनन् !