बार्सिलोनाको हिरो पिएसजीमा जिरो: मेस्सीले अझै खाता खोल्न सकेनन् !

एजेन्सी – फ्रेन्च लिग वानमा साविकको विजेता लिलविरुद्ध पीएसजीले लियोनेल मेस्सी, एन्जल डि मारिया र नेयमारलाई अग्रपङ्तिमा उतारेको थियो ।

तर, क्याटलान क्लब बार्सिलोनाका पुर्व फरवार्ड मेस्सीले लिलविरुद्ध कुनै जादु देखाउन सकेनन् । पार्क डेस प्रिन्सेसमा मार्किन्हस र एन्जल डि मारियाले दोस्रो हाफमा गोल गरेपछि पीएसजीले २–१ को पूनरागमन जित निकाल्न सफल भयो ।

मांसपेशीको समस्याका कारण प्रशिक्षक मौरिसियो पोचेटिनोले मेस्सीलाई दोस्रो हाफको शुरुमै मैदानबाट बाहिर राखेको थियो । त्यतिबेलासम्म घरेलु टोली पीएसजी १–० ले पछि परेको थियो । उनको स्थान मोउरो इकार्डीले लिएका थिए ।

अर्जेन्टिना तथा बार्सिलोनाका पुर्व कप्तान मेस्सीलाई पहिलोपटक प्रतिस्थापन गरिएको होइन । प्रशिक्षक पोचेटिनोले यसअघि घुँडाको समस्याका कारण लियोनविरुद्धको खेलमा पनि उनलाई प्रतिस्थापन गरिएको थियो ।

मेस्सीले लिग वानमा पीएसजीका लागि ५ खेल खेल्दा गोल गर्न सकेका छैनन् । उनले च्याम्पियन्स लिगमा भने गोल गर्न सफल भएका छन् ।च्याम्पियन्स लिगमा उनले तीन खेलमा तीन गोल गरेका छन् ।

मेस्सीको गोलको खडेरीका बाबजुत पीएसजीले लिग वानमा एक खेलमा मात्रै हार बेहोरेको छ । पीएसजी १२ खेलबाट १० जित, समान एक बराबरी र हारको नतिजाका साथ ३१ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

प्रकाशित : शनिबार, कार्तिक १३, २०७८०७:५६

बेन्जेमा रियलको स्क्वाडबाट ‘आउट’