युनाइटेडलाई हराएपछि उडिरहेको लिभरपुललाई ब्राइटनले जमिनमा ल्यायो !

एजेन्सी – गत हप्ता प्रिमियर लिग क्लब लिभरपुलका लागि धेरै नै सुखद रह्यो। चिरपरिचित प्रतिद्वन्दी म्यानचेस्टर युनाइटेड विरुद्ध लिभरपुलले शानदार जित निकाल्न सफल भएको थियो।

उच्च लयमा रहेका मोहम्मद सल्लाहको उत्कृष्ट ह्याट्रिकमा लिभरपुलले युनाइटेडलाई ५-० को गोल अन्तरले पराजित गरेको थियो। युनाइटेडलाई लज्जास्पद हार चखाएपछि लिभरपुलले यस सिजन च्याम्पियन बन्न सक्ने सङ्केत गरेको थियो।

युनाइटेडलाई पराजित गरेर अगाडी बढेपनि लिभरपुल रोकिन पुगेको छ। शनिबार राति लिभरपुल घरेलु मैदानमा ब्राइटनसँग बराबरीमा रोकियो। खेलको शुरुवातमा उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेपनि दोस्रो हाफमा कम्जोर प्रदर्शन गर्दा लिभरपुलले ब्राइटनसँग अंक बाँड्यो।

खेलको चौथो मिनेटमा नै मोहम्मद सलाहको पासमा जोर्डन हेन्डरसनले गोल गरे भने २४औं मिनेटमा साडियो मानेले गोल गरे। खेलको २४ मिनेटमै दुई गोल गरेपनि लिभरपुलले पछि ब्राइटनलाई दबावमा राख्न सकेन। ४१औं मिनेटमा इनक विपुले गोल गर्दै ब्राइटनलाई खेल फर्काए। त्यस्तै ६५औं मिनेटमा लियान्द्रो ट्रोससार्डले गोल गरे।

ब्राइटनसँग बराबरीमा रोकिएसँगै लिभरपुल प्रिमियर लिगमा चेल्सी भन्दा ३ अंकले पछि परेको छ। पहिलो स्थानमा रहेको चेल्सीको २५ अंक छ भने लिभरपुलको २२ अंक छ।

प्रकाशित : आइतबार, कार्तिक १४, २०७८११:४६

“हार्यो भने ‘कवाडी’ समेत भन्छन्, तर मलाई फरक पर्दैन”