“हार्यो भने ‘कवाडी’ समेत भन्छन्, तर मलाई फरक पर्दैन”

एजेन्सी – म्यानचेस्टर युनाइटेडका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले आलोचनाहरुले आफूलाई असर नगर्ने बताएका छन्। शनिबार राति प्रिमियर लिगमा टोटेनहम विरुद्ध शानदार जित निकालेपछि युनाइटेडको आधिकारिक वेबसाइटसँग कुराकानी गर्दै उनले आलोचनाहरुले आफूलाई असर नगर्ने बताएका हुन्।

गएको १८ वर्ष देखि आफू फुटबलमा रहेको र आफूले यस बीचमा धेरै आलोचनाहरु सहेर अगाडी बढेको रोनाल्डोले बताए। राम्रो प्रदर्शन गरे प्रशंसा गर्ने र अर्को दिन नै ‘कवाडी’ भन्न थाल्ने गरिएको हुँदा आफू यस्ता अवस्थाबाट धेरै पटक गुज्रिएको रोनाल्डोको भनाई छ।

“यहाँ जहिले पनि आलोचनाको गर्नेहरुको उपस्थित हुन्छ।”,उनले भने,”एक दिन मानिसहरु गज्जब भन्छन् र अर्को दिन नै ‘कवाडी’ भन्दै आलोचनामा उत्रिन्छन्। म फुटबलमा १८ वर्ष देखि छु। मलाई आलोचनाले केहि फरक पार्दैन।”

खेल जीवनमा खराब अवस्थाबाट पनि गुज्रनुपर्ने र त्यसलाई कसरी लिने हो भन्ने कुरा खेलाडीहरुमा भर पर्ने पनि रोनाल्डोले बताए। खराब खेललाई बिर्सिएर अगाडी बढ्ने र हारलाई जितमा बदल्ने चाहना सहित अगाडी बढे मात्रै सफल भइने रोनाल्डोको भनाई छ।

उनले भने,”कहिलेकाँही जीवन यस्तै हुन्छ, कहिलेकाहीँ हामीले खराब पलहरूबाट गुज्रनु पर्छ। तर खराब पलहरुलाई भुलाएर अगाडी त बढ्ने पर्छ, अवस्थामा सुधारे ल्याउनै पर्छ।”

लिभरपुलसँगको हार पछि युनाइटेड दबावमा भएपनि युनाइटेडले खुलेर खेलेको मान्छन्। टोटेनहमलाई हराएपछि आफूहरुले पछिल्लो हारको जवाफ दिएको रोनाल्डो बताउँछन्।

“टोली अलिकति दबाबमा थियो, थोरै दुखी थियो, तर हामीलाई थाहा थियो कि आज हामीले राम्रो जवाफ दिन सक्छौं। हामीले राम्रो खेल्यौं”,रोनाल्डोले भने।

प्रकाशित : आइतबार, कार्तिक १४, २०७८१२:५३

कता के गर्दैछन् नेयमार ? यसरी भए यस्तो ? [तस्विर सहित]