एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का स्टार स्ट्राइकर नेयमार फुटबलका कारण मात्र नभई निजी जीवनका कारण पनि चर्चामा रहने गर्छन्। मैदान बाहिर नेयमार खुलेरै रमाइलो गर्छन्।
नेयमारलाई विभिन्न अवसरहरुमा खुलेर रमाइलो गर्दै आएको पाउन सकिन्छ। खेल र प्रशिक्षणबाट फुर्सद पाएको अवस्थामा नेयमार आफ्ना नजिकका साथिहरुसँग कहिले कता-कहिले कता पुगिरहेका हुन्छन्।
नेयमार माथि बढी ‘पार्टी’ गर्ने भन्दै आलोचना पनि हुने गरेको छ। खेलमा भन्दा बढी नेयमारको ध्यान रमाइलो गर्नेमा हुने भन्दै सामाजिक संजाल देखि मिडियाहरु सम्ममा उनी आलोचित हुँदै आएका छन्। यसै बीच नेयमारले हेलोवीन पनि खुलेर मनाएका छन्। सामाजिक संजालमा नेयमारले हेलोवीन मनाउँदै गरेका केहि तस्विर पनि राखेका छन्।
खेल्ने भन्दा बढी ‘पार्टी’ गर्छ भन्नेहरुलाई नेयमारको कडा जवाफ
पेरिस सेन्ट जर्मेन (पिएसजी)का ब्राजिलियन फरवार्ड नेयमारले आफू फुटबललाई लिएर गम्भीर रहेको बताएका छन्। एक युट्युब च्यानललाई अन्तर्वार्ता दिनेक्रममा नेयमारले फुटबललाई लिएर आफू जहिले पनि गम्भीर रहने गरेको बताएका हुन्।
नेयमार माथि फुटबलको विषयमा कम जिम्मेवार भएको आरोप लाग्ने गरेको छ। धेरैले उनलाई फुटबल भन्दा बढी पार्टी र रमाइलो गर्ने खेलाडीको रुपमा लिन्छन्। यी र यस्ता विभिन्न प्रकारका टिका-टिप्पणी बारे बोल्दै नेयमारले आफ्ना लागि फुटबल भन्दा माथि केहि पनि नहुने बताए।
नेयमारका अनुसार उनी फुटबललाई धेरै नै गम्भीरताका साथ लिन्छन् र खालि समयमा मात्र रमाइलो गर्न तिर लाग्छन्। फुटबललाई लिएर गम्भीर नभएको भए आफू अहिलेको स्थानमा पुग्ने नसक्ने नेयमारको भनाई छ।
“म फुटबललाई लिएर गम्भीर थिइन भने म यो स्तरमा पुग्नै सक्दैनथें।”,नेयमारले भने,”म सम्भव भएको अवस्थामा मात्रै बाहिर जान्छु। जब म खालि हुन्छु अथवा छुट्टिको समय हुन्छ, तब मात्र म रमाइलोमा हुन्छु।”