काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारी मागेको छ। आइतबार राष्ट्रिय दैनिकहरुमा सूचना प्रकाशित गर्दै राष्ट्रिय वाणिज्य बैंकले ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो।
बैंकले लोकसेवा आयोगको सहमतिमा खुला विज्ञापनमार्फत स्थायी पदपूर्तिका लागि आइतबार गोरखापत्रमा सार्वजनिक सूचना जारी गरेको छ। बैंकले आह्वान गरेको दरखास्त संख्या करिब करिब ८ सय जना रहेको छ।
बैंकले दुई जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १९ जना उपप्रबन्धकका लागि आवेदन खुला गर्दा सहायक प्रबन्धक (प्रशासन, कानुन, सूचना प्रविधि, नगद), वरिष्ठ सहायक र सहायक पदमा ठूलो संख्यामा कर्मचारी पनि मागेको छ।

आह्वान गरिएको दरखास्तका लागि योग्यहरुले सोमबारबाट अनलाइन फाराम भर्न सक्नेछन्। आगामी मंसिर ५ गतेसम्म दरखास्त दिन सकिने बैंकले सो सूचना मार्फत प्रष्ट पारेको छ।

