नोभेम्बर महिनामा यी दिनहरुमा रहनुस् सावधान ! कुन राशिले कुन दिन बढी सतर्क रहने ?

मेष राशि

नोभेम्बर महिना मेष राशि हुनेहरुका लागि धेरै विशेष सावित हुने देखिन्छ। महिनाभर आत्मविश्वास उच्च रहनेछ। शुभचिन्तकहरूबाट आर्थिक सहयाेग जुट्नाले आँटेकाे कामले पूरा हुनेछन्। नयाँ कार्य थालनीमा परिवारको पनि साथ रहनेछ। ईर्ष्या गर्नेहरू आफैं भाग्नेछन्। भविष्यलाई फाइदा पुग्ने कार्यको शुरुवात हुनेछ। महिनाभर स्वास्थ्य पनि राम्रै रहने देखिन्छ। विद्यार्थी तथा खेलाडीहरुका लागि समेत महिना सुखद रहनेछ ।

कुन दिन रहने सावधान ?

मेष राशि हुनेहरु ६-७ तारिखका दिन अलि बढी सावधान रहनुपर्नेछ। यी दुई दिन स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। खानपानमा विशेष सावधानी आवश्यक पर्नेछ। यी दुई दिन आर्थिक रुपमा पनि कष्टकर बन्न सक्ने देखिन्छ।

वृष राशि

वृष राशि हुनेहरुका लागि नोभेम्बर महिना मध्यम मान्न सकिन्छ। आर्थिक रुपमा महिना धेरै राम्रो रहनेछ। सोचेका सबै काम पूरा हुनेछन्। रोजगारको क्षेत्रमा पनि उल्लेख्य प्रगति रहनेछ। प्रियजनसंग महिनाको शुरुवातमै भेटघाट हुँदा उत्साह बढ्नेछ। वैदेशिक यात्राको प्रक्रिया शुरु हुन सक्ला। तर महिनाको अन्तिम हप्ता भने खासै शुभ रहनेछैन। परिवारमा कलह बढ्नेछ भने प्रेमि-प्रेमिकासंगको सम्बन्धमा दरार उत्पन्न हुनेछ। विवादास्पद काममा हात हाल्नुपर्ने अवस्था आउन सक्ला।

कुन दिन रहने सावधान ?

नोभेम्बर २६ र २७ तारिखमा वृष राशि हुनेहरुलाई सावधान रहनुपर्नेछ। यी दुई दिन सकेसम्म यात्रा नगर्नु होला। बोलि तथा व्यवहारमा पनि नियन्त्रण आवश्यक पर्नेछ।

मिथुन राशि

गएका महिनाहरु देखि चलिरहेका समस्या देखि छुटकारा मिल्नेछ। महिनाको शुरुवातमै यात्राको अवसर मिल्न सक्ला। व्यवसायिक यात्रा सफल हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। रोजगारीको क्षेत्रमा पनि उल्लेख्य सफलता मिल्न सक्ला। कानुनी रुपमा रहेका समस्या देखि छुटकारा मिल्नेछ भने सरकारी क्षेत्रबाट पूर्ण सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिहरूसँगको मित्रताले महत्वपूर्ण कार्य सफल हुनेछ। महिनाभर स्वास्थ्य पनि राम्रै रहला।

कुन दिन रहने सावधान ?

मिथुन राशि हुनेहरुले महिनाको २२ र २३ तारिखमा अलि बढी सावधान रहनुपर्नेछ। यी दुई दिन अन्वाश्यक झगडा हुन सक्छ। परिवारमा पनि कलह बढ्न सक्ला।

कर्कट राशि

नोभेम्बर महिना कर्कट राशि हुनेहरुका लागि कष्टकर रहनेछ। शत्रुहरु हावी हुँदा समस्या नै समस्या रहनेछ। कार्यस्थलमा विभिन्न प्रकारका समस्या देखा पर्नेछन्। महिनाको मध्यमा स्वास्थ्य समस्याले सताउनेछ। चिसो देखि बच्न आवश्यक रहनेछ। आवेशमा काम गर्दा विवादमा परिनेछ। दाजुभाइमा केही असमझदारी देखापर्न सक्ने देखिन्छ। महिनाको अन्त्यमा यात्रा हुने देखिएपनि उपलब्धिमूलक भने हुनेछैन। अरूलाई दिएको वचनले समस्या पैदा गर्न सक्ने हुँदा सतर्क रहनु होला।

कुन दिन रहने सावधान ?

कर्कट राशि हुनेहरुले १२ र १३ तारिखका दिन सावधानी अपनाउनु होला। प्रेम जीवनमा समस्या देखा पर्न सक्ला। साना-साना कुरामा झगडा पर्न सक्ने देखिन्छ। स्वास्थ्यमा पनि समस्या देखिन सक्ला।

सिंह राशि

नोभेम्बर महिना सिंह राशि हुनेहरुका लागि शुभ र अशुभ दुवै रहनेछ। आर्थिक रुपमा महिना धेरै राम्रो बितेपनि स्वास्थ्यका हिसाबले भने महिना शुभ रहनेछैन। महिनाको शुरुवातमै स्वास्थ्य समस्या देखा पर्नेछन्। महिनाको मध्य सम्म ती समस्याहरु हटेर जानेछन्। खर्चमा नियन्त्रण राख्न सके आर्थिक रुपमा कुनै पनि समस्या आइपर्नेछैन। सामाजिक रुपमा दायित्व बढ्नेछ। तर हडबडाउने बानिले समस्या पैदा गर्नेछ। कलाकारहरुका लागि महिना धेरै राम्रो रहनेछ।

कुन दिन रहने सावधान ?

सिंह राशि हुनेहरु महिनाको ६-७ तारिखमा सावधान रहनु होला। दुई दिन कानुनी झमेलामा फस्न सकिने सम्भावना देखिन्छ। कार्यक्षेत्रमा अलि बढी अवरोध खडा हुनेछ।

कन्या राशि

नोभेम्बर महिना कन्या राशि हुनेहरुका लागि पनि धेरै सुखद रहनेछ। महिनाको शुरुवातमै पदोन्नतीको योग देखिन्छ। चुनौतीपूर्ण जिम्मेवारी सहजै वहाँ गर्न सकिनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। महिनाको मध्यमा बहुमूल्य उपहार प्राप्त हुनेछ। प्रेमि-प्रेमिकासंगको सम्बन्ध प्रगाढ बन्दै जानेछ। भौतिक साधन जुट्नाले आम्दानी बढाउने काम गर्न सकिनेछ। महिनाको अन्त्यमा ठूलो प्रतिष्पर्धामा सहभागी हुने मौका मिल्नेछ। कृषिकर्म गर्नेहरुका लागि पनि महिना सुखद रहने देखिन्छ।

कुन दिन रहने सावधान ?

महिनाको १२-१३ तारिखका दिन कन्या राशि हुनेहरुले अलि बढी संयमित हुन पर्नेछ। यी दुई सामान्य दुर्घटना हुन सक्ला। कुनै पनि कार्य थाल्नु भन्दा अगाडी परिवारमा छलफल गर्नुहोला।

तुला राशि

नोभेम्बर महिना शुरुवात देखि नै उत्साहप्रद रहनेछ। पहिलो हप्तामै शुभ समाचार मिल्नेछन्। प्रियजनबाट उपहार पनि प्राप्त हुन सक्ला। धार्मिक यात्राको अवसर जुर्न सक्ला। तर महिनाको तेस्रो हप्ता भने कष्टकर रहन सक्ला। स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ। दैनिकी केहि हद सम्म प्रभावित हुनेछन्। हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजगता आवश्यक पर्नेछ। महिनाको अन्तिम समय भने अवस्थामा सुधार आउनेछ। महिनाको अन्त्यमा महत्वपूर्ण कार्य सफल हुनेछ।

कुन दिन रहने सावधान ?

महिनाको १० र ११ तारिखका दिन तुला राशि हुनेहरु अलि बढी सावधान रहनु होला। अरुको भर पर्ने बानिले समस्या पैदा गर्नेछ। आर्थिक समस्याले पनि सताउन सक्ला।

वृश्चिक राशि

नोभेम्बर महिना वृश्चिक राशि हुनेहरुका लागि मिश्रित फलदायी रहनेछ। महिनाको शुरुवातमै महत्वपूर्ण योजना हात लाग्नेछ। जीवनमा आमूल परिवर्तन ल्याउने कार्य थालनी गर्न सकिनेछ। आफन्त र साथीभाइकाे साथ पाइनाले साेचेकाे लाभ उठ्नेछ। कृषि कर्ममा हुनेहरुका लागि महिना राम्रो रहनेछ। तर खेलाडीहरुका लागि भने महिना खासै राम्रो रहने देखिँदैन। यात्रा गर्दा होस् अथवा सवारी साधन प्रयोग गर्दा, सावधानी अपनाउनु होला। अवसरवादीहरूले दुःख दिन सक्लान्।

कुन दिन रहने सावधान ?

वृश्चिक राशि हुनेहरु १९ र २० तारिख अलि बढी सावधान रहनु होला। यी दुई दिन स्वास्थ्यको हिसाबले मात्र नभई आर्थिक हिसाबले पनि अशुभ हुनेछन्। नयाँ कार्य थालनी सकेसम्म नगर्नुहोला।

धनु राशि

नोभेम्बर महिना धनु राशि हुनेहरुका लागि खासै राम्रो रहने देखिँदैन। पहिला गरिएका गल्तिहरुले दुख दिनेछन्। साना-साना कुराले पनि सम्बन्धहरु बिगार्न सक्ला। महिनाको शुरुवातमै आर्थिक समस्याले सताउनेछ। सकेसम्म नयाँ कार्य थालनी नगरेकै राम्रो होला। महिनाको मध्यपछि अवस्थामा सुधार आएपनि महिनाको अन्त्य सम्म पुग्दा जीवनमा समस्या बढेर जानेछ। परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्ने देखिन्छ। स्वास्थ्यले पनि साथ नदिन सक्छ।

कुन दिन रहने सावधान ?

महिनाका २४ र २५ तारिख अलि बढी अशुभ सावित हुन सक्छ। महत्वपूर्ण काम बिग्रिँदा मानसिक तनाव बढ्नेछ। झुठा आरोप लाग्न सक्ने हुँदा सतर्क रहनुहोला। प्रेम जीवनमा पनि समस्या देखा पर्न सक्ला।

मकर राशि

नोभेम्बर महिना मकर राशि हुनेहरुका लागि धेरै नै सुखद रहनेछ। महिनाको शुरुवात देखि अन्त्य सम्म आर्थिक लाभ मिल्नेछ। व्यवसायमा उल्लेख्य प्रगति हुँदा जग्गा-जमिन जोड्ने अवसर जुर्नेछ। बहुमूल्य गर-गहना पनि जोड्न सकिएला। पैत्रिक सम्पत्तिबाट पनि लाभ हुने देखिन्छ। विद्यार्थीहरुका लागि महिना धेरै शुभ मान्न सकिन्छ। सामाजिक कार्यमा रुची बढ्नेछ भने मान सम्मान मिल्ने पनि देखिन्छ। चुनौती पन्छाएर पनि नयाँ काममा जग बसाउने मौका मिल्न सक्ला।

कुन दिन रहने सावधान ?

महिनाका २९ र ३० तारिख गरी दुई दिन मकर राशि हुनेहरुले धेरै नै संयमित रहनु पर्नेछ। सवारी साधन चलाउँदा सतर्कता अपनाउनु होला। सकेसम्म यी दुई दिन लगानी नगरेकै राम्रो हुनेछ।

कुम्भ राशि

नोभेम्बर महिना कुम्भ राशि हुनेहरुका लागि पछिल्ला महिनाहरु भन्दा अलि अशुभ रहनेछ। एक्कासी खर्च बढ्नेछ। आफ्नै भनिएकाहरुले धोका दिँदा मन विचल्लित रहनेछ। आफ्नो योजनाहरु कसैलाई नसुनाएकै राम्रो होला। महिनाको शुरुवातमा आर्थिक पक्ष राम्रै रहेपनि समय बित्दै जाँदा आर्थिक समस्या बढ्दै जानेछन्। अवसर प्राप्त भए पनि मेसो मिलाउन नसक्दा ठूलो नोक्सानी बेहोर्नुपर्नेछ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउने सक्लान्। महिनाको अन्त्यमा स्वास्थ्यमा समस्या देखिन सक्नेछ।

कुन दिन रहने सावधान ?

१२ र २० तारिख कुम्भ राशि हुनेहरुका लागि अलि बढी नै अशुभ सावित हुनेछ। दुई दिन नयाँ-नयाँ समस्याले सताउनेछन्। परिवारमा पनि स्वास्थ्य समस्या देखा पर्न सक्ला।

मीन राशि

अनावश्यक कार्यमा खर्च बढ्दा महिनाको शुरुवातमै आर्थिक समस्याले सताउनेछ। साना साना कुरामा अल्झिदा महत्वपूर्ण कार्य बिग्रिएको पत्तो हुने छैन। अरुको भर पर्दा काम बिग्रिनेछ। सजिलै विश्वास गर्ने बानिले पनि समस्यामा पार्न सक्ला। महिनाको अन्त्यमा कानुनी झमेलामा फस्न सकिने सम्भावना छ। प्रेम जीवन अस्तव्यत रहन सक्ला। परिवारजनबाट टाढिनुपर्ने अवस्था पनि रहन सक्ने देखिन्छ। सोचेको समयमा काम नबन्न सक्छ। गोपनियता बाहिरिन सकने हुँदा सतर्क रहनु होला।

कुन दिन रहने सावधान ?

मीन राशि हुनेहरुले महिनाको ४ र ५ तारिख अलि बढी सतर्क रहनुपर्नेछ। सामाजिक रुपमा लज्जित हुनुपर्ने अवस्था आउन सक्छ। व्यवसायमा पनि ठूला समस्या देखा पर्न सक्नेछन्। पैत्रिक सम्पत्तिलाई लिएर केहि विवाद हुन सक्छ।

प्रकाशित : सोमबार, कार्तिक १५, २०७८२२:०२

आज धनतेरस: लक्ष्मीलाई प्रसन्न गर्न यसरी गर्नुहोस् !