च्याम्पियन्स लिग: आज पनि गर्लान् रोनाल्डोले युनाइटेडको उद्धार ? खेल कुन च्यानलमा हेर्ने !

एजेन्सी – च्याम्पियन्स लिगमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र इटालियन क्लब एटलान्टा आज एकअर्काको सामना गर्दैछन्। एटलान्टाले घरेलु मैदानमा युनाइटेडको सामना गर्न लागेको हो। च्याम्पियन्स लिग समूह चरणको दोस्रो लेगमा दुई क्लबले एक-अर्काको सामना गर्दा दुवै टोली जितको खोजिमा हुनेछ्न्।

युनाइटेड र एटलान्टा च्याम्पियन्स लिगको समूह ‘एफ’मा छन्। युनाइटेड समूहको शिर्ष स्थानमा छ भने एटलान्टा समूहको तेस्रो स्थानमा रहेको छ। खेलेका ३ च्याम्पियन्स लिगमा युनाइटेडले २ जित निकाल्दा १ हार बेहोरेको छ। त्यस्तै एटलान्टाले भने ३ खेल खेल्दा १ जित निकालेको छ भने १ खेलमा हार बेहोरेको छ। त्यस्तै एक खेल भने एटलान्टाले बराबरी खेलेको छ।

पछिलो लेगमा युनाइटेडले एटलान्टालाई पराजित गरेको थियो। युनाइटेडको घरेलु मैदानमा एटलान्टा ३-२ को गोल अन्तरले पराजित भएको थियो। एटलान्टा आज त्यस हारको बदला लिने दाउमा हुनेछ।

रोनाल्डो माथि उच्च भरोशा

पछिल्लो खेलमा युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डो निर्णायक बनेका थिए। एटलान्टासंगको खेल बराबरीमा टुंगिन लागेको अवस्थामा रोनाल्डोले गोल गर्दै युनाइटेडको जित सुनिश्चित गरेका थिए। खेल २-२को बराबरीमै टुंगिन लागेको अवस्थामा रोनाल्डोले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए।

खेल कुन च्यानलमा हेर्ने ?

युनाइटेड र एटलान्टा बीचको खेल कुनै पनि नेपाली च्यानलले प्रशारण गर्ने छैनन्। खेल हेर्नको लागि भारतीय च्यानलको भर पर्नुपर्नछ। खेल सोनी टेन २ मा हेर्न सकिनेछ।

प्रकाशित : मङ्गलबार, कार्तिक १६, २०७८१६:३८

मेस्सी पिएसजीको स्क्वाडबाट ‘आउट’ !