काठमाडौँ:- हरेक वर्षको भ्यालेन्टाइन डे १४ फेब्रुअरी मा मनाउने गरिन्छ । यो त्यो दिन हो जुन दिन प्रेम गर्ने जोडीहरुले आफ्नो प्रेम व्यक्त गर्छन । साथै लामो समयसम्म एक-अर्काको साथ निभाउने बाचा कसम खान्छन् । ज्योतिष शास्त्रका अनुसार केही राशि भएका केटीहरु यस्ता हुन्छन् जसले आफ्नो साथीको साथ कहिल्यै तोड्दैनन् ।
१. मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini): यस राशिको केटीहरु एक पटक जसलाई आफ्नो मान्छन, उसलाई जिन्दगीभर छाड्दैनन । उनीहरु आफ्नो प्रेमीसँग बफादार हुन्छन र उसको अलावा उनीहरु कसैलाई पनि चासो दिदैनन ।
२. तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra): यस राशिका केटीहरु धेरै शान्त प्रकृतिका हुन्छन । त्यसैले उनीहरुलाई आफ्नो प्रेमिका बनाउदा कुनै तनाव हुदैन । तपाईलाई तब सम्म छोड्दैन जब तपाईले कुनै ठुलो गल्ती गर्नुहुन्न । यी गुणहरुले नै उनीहरुलाई एक पर्फेक्ट गर्लफ्रेन्ड बनाउँछ । यस राशिका केटीहरु जीवनको अन्तिम समयसम्म आफ्नो पार्टनरलाई साथ दिन्छन ।
३. कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius): यस राशिका केटीहरु अधिक हंसमुख र चन्चल स्वभावका हुन्छन । यस राशिका केटीहरु आफ्नो प्रेमीलाई जिन्दगीको अन्तिम पलसम्म साथ दिन्छन । यसकारण उनीहरुले आफ्नो प्रेमीको दिल दुखाउने कुनै पनि काम गर्दैनन । कुम्भ राशि भएका केटीलाई गर्लफ्रेन्ड बनाउँदा जीवनमा कहिल्यै उदास वा चिन्तित हुनु पर्दैन। सधैंभरि तपाई हसिलो मुद्रामा हुनेछ ।

