ग्रह स्थिति र नक्षत्र स्थितिलाई अध्ययन गरिने हुँदा ज्योतिषशास्त्रलाई विज्ञानको एक पाटो मान्ने गरिन्छ। ग्रह-नक्षत्रको आधारमा समय कस्तो चलिरहेको छ भन्ने बारे ज्योतिषशास्त्रले बताउने गर्छ।
ज्योतिष शास्त्रमा १२ वटा राशिको छुट्टै स्थान हुने गर्छ। राशि अनुसारको भाग्य मात्र नभई व्यवहार पनि फरक हुन्छ। एक राशि र अर्को राशि बीच व्यवहारमा धेरैनै फरक हुन्छ भने ग्रहहरुको असर पनि फरक-फरक रहने गर्छ।
ज्योतिष शास्त्रका अनुसार निम्न उल्लेखित राशिहरु भित्रै देखि बलवान र तागतवर हुन्छन्।
मेष राशि
ज्योतिष शास्त्रमा मेष राशिलाई ऊर्जावान राशिको रुपमा लिइने गरिन्छ। जहिले पनि सक्रिय रहन चाहने हुँदा यस राशि हुनेहरु खाली बस्न मन पराउँदैनन्। हरेक निर्णय आफै लिन खोज्ने यस राशिका मानिसहरु भित्रै देखि बलियो हुन्छन्। जस्तो सुकै दुख पनि लुकाएर हाँस्न सक्छन्। आफ्नो दुख अरुलाई सुनाउने भन्दा पनि भित्रै दबाउन खोज्ने मेष राशिका मानिसहरु सजिलै बिचल्लित हुँदैनन्।
वृश्चिक राशि
वृश्चिक राशि हुनेहरु धेरैनै ईमानदार हुन्छन्। तर भित्रि रुपमा भने धेरैनै कठोर हुने वृश्चिक राशिका मानिसहरु धोखेबाज प्रति छिट्टै प्रतिक्रिया जनाउँछन्। मानसिक रुपमा पनि बलियो मानिने यस राशिका मानिसहरु दुखको समयमा पनि हाँस्न सक्ने क्षमता राख्छन्। अरुको दुखमा पनि खासै मतलब नराख्ने यस राशिका मानिसहरु आफ्नो दुखमा पनि अरुको सहयोगको अपेक्षा गर्दैनन्।
कुम्भ राशि
कुम्भ राशि हुनेहरु जिज्ञासु स्वभावका हुन्छन्। आत्मविश्वासको मामलामा धेरै अगाडी हुन्छन्। बुद्धिमान पनि हुने कुम्भ राशिका मानिसहरु कोहिबाट पनि समवेदनाको चाहना राख्दैनन्। कुम्भ राशि हुनेहरुको भावनामा बगेर कुनै पनि निर्णय गर्दैनन्। धेरै सोच-विचार गरेर मात्र निर्णय गर्ने कुम्भ राशिका मानिसहरु दुखसँग एक्लै लड्न रुचाउँछन्।