काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आइतबार घटी सोमबार बढेर मंगलबार पुनः बढेको सुनको मूल्य आज बुधबार घटेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार ५ रुपैंयाँ कायम भएको छ।
त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९१ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।
यस अगाडी आइतबार छापावाला सुनको मूल्य ९१ हजार ७ सय, सोमबार ९१ हजार ८ सय र मंगलबार ९२ हजार रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन भने आइतबार ९१ हजार २ सय, सोमबार ९१ हजार ३ सय र मंगलबार ९१ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो।
सुन २ हप्ताकै सस्तो
नेपाली बजारमा आज कायम भएको सुनको मूल्य १४ दिन अथवा २ हप्ता यताकै सस्तो रहेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज कायम भएको सुनको मूल्य कार्तिक ३ गते यताकै सस्तो रहेको छ।
चाँदीको मूल्य
आज सुनमात्र नभई चाँदीको मूल्य पनि बढेको छ। नेपाली बजारमा चाँदीको मूल्य तोलामा रु २५ ले बढेर १ हजार २ सय २५ रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

