खराब समय त शुरु हुँदै छैन ? खराब समय शुरु हुनु अगाडी देखिन्छन् यस्ता सपना !

एजेन्सी : हरेक व्यक्तिले सुतेको समयमा सपना देख्नु एक सामान्य कुरा हो। मनिसहरु सपनामा कहिँले रमाईला सपनाहरु देख्छन् भने कहिँले डरलाग्दा सपनाहरु देख्ने गर्छन। प्राय मान्छेहरुले निन्द्राबाट ब्युझिदा  आफूले देखेका सपनाहरु बिर्सिने गर्छन। त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असरबारे थाहा हुँदैन ।

ज्योतिष शास्त्रका अनुसार हरेक सपनको केही अर्थ रहने गर्छ र यसले कुनैपनि व्यक्तिको भविष्यको संकेत गर्ने गर्छ। शास्त्रका अनुसार यसरी निन्द्राको समयमा  देखिने सपनाको शुभ वा अशुभ दुवै फल मिल्ने गर्छ। आज हामी तपाईहरुलाई सपनामा के देख्नु अशुभ हुन्छ भन्नेबारे जानकारी दिन जाँदै छौँ।

१.सपनीमा चरा कराएको देखिनुले धन र प्रतिष्ठा नष्ट भएर जाने संकेत गर्दछ।

२. जुन व्यक्तिले सपनीमा आफ्नै घरमा तोडफोड गरेको देख्छ यसले नराम्रा दिनहरुको सुरुवात भएकाछन् भन्ने बताऊँछ।

३. सपनामा कुनै व्यक्तिले आफू कंगाल भएको देख्छ भने उसको व्यापार -व्यवासय घाटामा जाने संकेत रहन्छ।

४. यदि कसैले सपनीमा धेरै सुन भएको स्थान देखेमा उसको सम्पति हानी नोक्सानी हुने लक्षण रहने गर्छ।

५. कुनै व्यक्तिले सपनामा खोला नालामा आफू बगेको देखेमा उसले आफ्नो सम्पूर्ण धन गुमाउनुपर्ने अवस्था आउनसक्छ।

प्रकाशित : बुधबार, कार्तिक १७, २०७८११:५६

छातीमा ज्यादा कपाल हुने पुरुषहरुको व्यवहार यस्तो हुन्छ ! किन आकर्षित हुन्छन् महिला?