लक्ष्मी पूजाकै दिन घट्यो सुनको मूल्य, कार्तिक महिनाकै सस्तो भयो !

काठमाडौँ – आज लक्ष्मी पूजाकै दिन सुनको मूल्य घटेको छ। दशैँ लागेपछि लगातार बढेर केहि समय देखि घट्न थालेको सुनको मूल्य नेपाली बजारमा आज पनि घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९१ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९० हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

सुन कार्तिक महिनाकै सस्तो

सुनको मूल्यमा आएको पछिल्लो गिरावटसँगै नेपाली बजारमा सुन कार्तिक महिनाकै सस्तो भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज सुन कार्तिक महिनाकै सस्तो रहेको छ। सुन असोज २५ गते यताकै सस्तो रहेको महासंघले जनाएको छ।

चाँदीको मूल्य

आज सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने स्थित रहेको छ छ। नेपाली बजारमा चाँदीको मूल्य घटबढ नभई १ हजार २ सय २५ रुपैंयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ।

प्रकाशित : बिहिबार, कार्तिक १८, २०७८११:०७

होटेल बुक गरेर तास, लाखौं सहित लगभग दर्जन पक्राउ !