काउटिनहोबाट छुटकारा पाउने तयारीमा बार्सिलोना, यो क्लब पठाउने तयारी !

एजेन्सी – फिलिपे काउटिन्हो बार्सिलोना गएयता संघर्षरत छन्। प्रिमियर लिग क्लब लिभरपुलमा हुँदा उनले जुन स्तरको खेल प्रदर्शन गरिरहेका थिए, त्यसलाई उनले बार्सिलोनामा निरन्तरता दिन सकेनन्।

लिभरपुलमा हुँदा तहल्का नै मच्चाएका उनी पछिल्लो समय बार्सिलोनाको प्रमुख टोलीमा कम मौका पाउँदै आएका छन्। पछिल्ला केहि खेलहरुमा उनले मौका पाइरहेको भएपनि उनी बार्सिलोनाको दिर्घकालिन योजनामा हुने कमै सम्भावना देखिन्छ।

गएको केहि समय देखि बार्सिलोना काउटिन्होलाई बेच्ने प्रयास पनि गरिरहेको छ। गएको ट्रान्सफर विन्डोमा उनलाई बिक्री गर्ने प्रयास गरेपनि कुनै पनि क्लवले चासो देखाएका थिएनन्।

तर पछिल्लो एक खबरका अनुसार आउने ट्रान्सफर विन्डोमा प्रिमियर लिग फिर्ता हुन सक्छन्। उनी प्रिमियर लिग क्लब न्युक्यासल युनाइटेड फिर्ता हुन सक्ने अन्तर्राष्ट्रिय संचार माध्यमहरु बताउँछन्।

प्रकाशित : बिहिबार, कार्तिक १८, २०७८१२:३०

“हाम्रो प्रमुख लक्ष्य च्याम्पियन्स लिग हो, तर हामी एक्लो दाबेदार होइनौं’