पूर्वराजाले बहिनीको हातबाट भाइटीका थाप्दा जे देखियो … [तस्विर सहित]

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले भाइटीका ग्रहण गरेका छन्। शाहले शनिबार आफ्नी बहिनी शोभा राज्यलक्ष्मी शाहको हातबाट भाइटीका ग्रहण गरेका हुन्।

शाहले शनिबार बिहान भाइटीका गर्ने सबै भन्दा उत्तम शुभसाइत ११ बजेर २ मिनेटमा कमलादीस्थित बहिनी शोभाको घर पुगेर टीका र प्रसाद ग्रहण गरे।

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएर मनाएका छन् ।

यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

दिदीबहिनीले दाजुभाईलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

प्रकाशित : शनिबार, कार्तिक २०, २०७८१८:१७

५१ वर्षसम्म अविवाहित रहनुमा अजय देवगनलाई जिम्मेवार मान्छिन् तब्बू