५१ वर्षसम्म अविवाहित रहनुमा अजय देवगनलाई जिम्मेवार मान्छिन् तब्बू

एजेन्सी : तब्बू बलिउडको एक प्रतिभाशाली अभिनेत्री हुन्। उनको जीवन्त अभिनयबाट धेरै प्रभावित छन्। तब्बूले आफ्नो करियरमा थुप्रै सुपरहिट फिल्महरुमा काम गरेकी छिन्। उनले फिल्म ‘हम नौजवान’ बाट बालकलाकारको रुपमा आफ्नो करियर सुरु गरेकी थिईन्। ९० को दशकदेखि अहिलेसम्म उनले आफ्नो अभिनय र सुन्दरताले मानिसहरुलाई लोभ्याउछिन्। यद्यपि ५१ वर्षको उमेरमा पनि तब्बू सिङ्गल छिन्। उनले अहिलेसम्म विवाह गरेकी छैनन्। तर के तपाईलाई छ उनी अहिलेसम्म अविवाहित रहनुमा अभिनेता अजय देवगनलाई जिम्मेवार मान्छिन्।

तब्बूले एक अन्तर्वार्तामा उनी र अजय अर्काको एकदमै नजिक भएको बताएकी थिईन्। अजय देवगन र तब्बूले थुप्रै फिल्महरुमा सँगै काम गरेका छन्। उनको अनुसार अजयसँग उनको सम्बन्ध २६ वर्ष पुरानो हो। उनीहरु दुवैजना एकै टोलमा हुर्किएका हुन्। अजय देवगनबारे उनी भन्छिन्, ‘ उनी मेरो कजन आर्य समिरको नजिकको साथी थिए। म सानो हुँदा उनीहरु दुवै जनाले म माथि कडा नजर राख्थे। म कुनै केटासँग बोलेको देखे त्यो केटालाई धम्क्याउन जान्थे र पिट्थे।’

त्यसपछि तब्बू मजाक गर्दै भन्छिन् – ‘अजय देवगनकै कारणले मैले विवाह गरिन्। म सधैँ अजयलाई मेरो लायकको केटो खोज्न भन्छु। खैर यो त सिर्फ मजाक हो। मेरो र अजयको सम्बन्ध राम्रो छ। सबै पुरुष कलाकारमध्ये सबैभन्दा खास मलाई अजय लाग्छ। अजय अझैँ पनि मेरो लागि प्रोटेक्टिभ छन्।’

कुनैबेला साउथ सुपरस्टार नागार्जुनसँग तब्बूको अफेयर रहेको गाईगुई हल्ला चल्ने गर्थ्यो। यद्यपि त्यतिबेला नागार्जुन विवाहित थिए र दुईबच्चाको पिता थिए। यसको बाबजूद यी दुईको सम्बन्ध १५ वर्षसम्म चल्यो। तब्बूले नागार्जुनको प्रेममा मुम्बई छाडी हैदराबादमा घरसम्म लिएकी थिईन्। तर यी दुईको विवाह हुन् सकेन किनकी नागार्जुन आफ्नी पत्नीलाई छोड्न तयार थिएनन्। सन् २०१२ देखि तब्बू नागार्जुनदेखि टाढिईन् थालिन्।

 

प्रकाशित : आइतबार, कार्तिक २१, २०७८१४:३५

कट्रिना-विक्की बन्ने भए विराट-अनुष्काको छिमेकी, यति महँगोमा किने अपार्टमेन्ट !