कट्रिना-विक्की बन्ने भए विराट-अनुष्काको छिमेकी, यति महँगोमा किने अपार्टमेन्ट !

एजेन्सी – पछिल्लो केहि समय देखि बलिउड जोडी कट्रिना कैफ र विक्की कौशल लगातार चर्चामा छन्। छिट्टै विवाह गर्ने भनिएका यी दुई लगातार मिडियामा छाइरहेका छन्। दिनहुँ जस्तो यी दुई बारे विभिन्न प्रकारका खबरहरु आइरहेका छन्।

हालसालै एक था टाइगर निर्देशक कबीर खानको घरमा दुईले रोका समारोह आयोजना गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्। दुई बीच ‘रोका’ भएको खबर बलिउड भित्र-भित्रै फैलिएको छ। उक्त समारोहमा दुवैका नजिकका साथिहरु उपस्थित भएको बताइन्छ। कट्रिना र विक्की बीच आउने केहि महिना भित्रै विवाह हुने धेरैको अनुमान छ।

विवाहको तयारीमा रहेको यो जोडी यति बेला घरको खोजिमा पनि जुटेको छ। मिडिया रिपोर्टका अनुसार हालै फिल्म सरदार उधम सिंहमा देखिएका विक्की कौशल र सूर्यवंशी अभिनेत्री कट्रिना कैफले मुम्बईको जुहूमा रहेको एउटा अपार्टमेन्ट लिने भएका छन्।

यदि विक्की र कट्रिना त्यहाँ बसेको खण्डमा उनीहरु भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्माको छिमेकी हुनेछन्। भारतीय मिडियाहरुले गरेको दावी अनुसार उक्त अपार्टमेन्टका लागि विक्की कौशलले सम्पूर्ण प्रक्रिया पुर्याइएको मिडियाहरुको दावी छ।

कति छ भाडा ?

विक्की कौशलले उक्त अपार्टमेन्ट ६० महिना अर्थात ५ वर्षका लिएको बताइन्छ। विक्की पहिलो एक वर्ष प्रतिमहिना ८ लाख ४० हजार भारतीय रुपैंयाँका दरले भाडा तिर्नेछन् भने अर्को वर्ष देखि मासिक भाडा ८ लाख ८२ हजार पुग्नेछ। अपार्टमेन्टका लागि विक्कीले १ करोड ७५ लाख बैना समेत बुझाइसेका छन्।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८१४:५५

विज्ञापनबाट सबै भन्दा बढी कमाउँछन् यी बलिउड स्टार ! सबै भन्दा बढी कमाउने को ?