विज्ञापनबाट सबै भन्दा बढी कमाउँछन् यी बलिउड स्टार ! सबै भन्दा बढी कमाउने को ?

एजेन्सी – बलिउड स्टारहरु एक चलचित्रमा काम गर्न करोडौं लिन्छन्। उनीहरु चलचित्रमा मात्र होइन विज्ञापनका खेल्न पनि मोटो रकम लिन्छन्। नाम चलेका बलिउड कलाकारहरु एक विज्ञापनकै लागि करोड भन्दा माथि लिन्छन्। केहि कलाकारहरुको त मुख्य कमाईको श्रोत नै विज्ञापन हुन्छ। विज्ञापनबाट सबै भन्दा बढी कमाउने बलिउड कलाकार निम्न छन्।

अमिताभ बच्चन

बलिउडका बादशाह अमिताभ बच्चन इन्डस्ट्रीका सबैभन्दा चर्चित स्टार हुन्। यस कारणले गर्दा पनि विज्ञापनका लागि अमिताभको डिमाण्ड अलि बढी नै छ। अमिताभ विज्ञापनका लागि ३ देखि ८ करोड भारतीय रुपैंयाँ सम्म लिन्छन्।

आमिर खान

बलिउडमा हिट फिल्मको ग्यारेन्टी मानिने आमिर खानले प्रति विज्ञापनको करिब २ देखि ७ करोड भारु लिन्छन् । उनी हाल कोका-कोला, भिभो र विदान्तु जस्ता कम्पनीका विज्ञापनमा देखिने गर्छन्।

ऐश्वर्या राय

बलिउड अभिनेत्री तथा पूर्व मिस वर्ल्ड ऐश्वर्या रायले पनि विज्ञापनबाट करोडौं कमाउँछिन्। लोरियल, कल्याण ज्वेलर्स, कोका कोला र लक्स जस्ता ठूला कम्पनीका लागि विज्ञापनमा काम गर्ने ऐश्वर्याले प्रति विज्ञापन करिब २ देखि ६ करोड भारु लिन्छिन् ।

शाहरुख खान

किंग खान शाहरुख खान अहिले बलिउडका सबैभन्दा धनी र महँगा सेलिब्रेटी हुन् । फिल्मबाहेक यी कलाकारले विज्ञापनबाट पनि करोडौं कमाउँछन् । मिडिया रिपोर्टका अनुसार शाहरुखले एउटा विज्ञापनका लागि ४ देखि १० करोड भारतीय रुपैयाँसम्म शुल्क लिने गर्छन् ।

सलमान खान

बलिउड सुपरस्टार सलमान खान बिना यो सूची अधुरो छ। बजरंगी भाइजानले एउटा विज्ञापनका लागि करिब ४ देखि १० करोड भारतीय रुपैयाँसम्म लिन्छन्।

करीना कपूर

करिना कपुर अहिले बलिउडकी सबैभन्दा सफल अभिनेत्री हुन् । यस्तोमा विज्ञापनबाट सबै भन्दा धेरै कमाउने कलाकारको सूचीमा पर्नु अचम्मको कुरा होइन। करीनाले एउटा विज्ञापनका लागि करिब ३ देखि ४ करोड रुपैयाँसम्म महँगो पारिश्रमिक लिन्छिन् ।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८२३:३२

‘टिप टिप बरसा पानी’मा रवीनाको पहेलो साडीको अगाडी फिक्का कट्रिनाको सिल्वर लुक्स !