तिहार संगै बढेको तरकारीको मूल्य झनै आकासियो, किन्नै नसकिने भयो !

काठमाडौं । तिहार संगै बढेको मुल्य अहिले पनि उस्तै रहेको छ । दैनिक उपभोक्ताको भान्सामा दैनिक भित्रिने हरियो तरकारीको मूल्य अत्याधिक महगो भएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

मूल्य बढ्नेमा सबै भन्दा बढी घिउ सिमी, चमसुरी, पालुगोको साग, गोलभेडा, घिरौला, तितो करेला, लौक, काउली लगायतका हरियो तरकारी रहेका छन । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको अघिल्लो एक महिनाको तुलना गर्दा प्रतिकेजी १० देखि ८० रुपैँयाले हरियो तरकारीको मुल्य बढेको छ ।

कालिमाटी तरकारी तथा फुलफूल थोक बजार संघका अध्यक्ष गिताप्रसाद आचार्यले अघिल्लो महिनामा परेको पानीका कारण हरियो तरकारीको मुल्य बृद्धि भएको बताएका छन । अहिले बजारमा गोलभेडा, घिउ सिमी,घिरौला, भिण्डी लौका लगायतको मूल्य उपभोक्ताको पहुच भन्दा माथी पुगीसकेको छ । पानीका कारण हरीयो तरकारीको उत्पादन कम भएकै कारण तरकारीको मूल्य बृद्धि भएको मात्र नभई बिचौलिया हावी भएको कारण पनि मुल्य बढेको हो ।

स्थानीय कृषकले टनेलमा रोपेको गोलभेडा बजारमा आइ नपुगेको हुँदा गोलभेडाको मूल्य प्रति किलो एक सय रुपैया भन्दा बढि भएको छ । सिमी रोप्ने समयमा धेरै पानी परेका कारण उत्पादन हुन नसक्दा घिउ सिमीको मूल्य पनि बढेको किसानहरु बताउछन । भारतबाट आयात हुने हरियो तरकारीको मुल्य पनि बढेर आएका कारण स्थानीय बजारमा पनि महँगो भएको समितिले जनाएको छ ।

कालिमाटी फलपूmल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार गोलेभेडाको मूल्य प्रतिकेजी मुल्य अहिले १ सय रुपैँया पुगेको छ । अघिल्लो महिना गोलभेडाको मुल्य प्रतिकेजी ६० रुपैँया रहेको थियो । यसैगरी घिउ सिमी प्रति किलो २ सय रुपैया पुगेको छ । अघिल्लो महिना घिउ सिमि प्रतिकेजी १ सय रुपैँयामा पाइने गरेको थियो । चमसुरको साग ,पालुगोका साग प्रतिकेजी २ सय रुपैँया पुगेको छ । अघिल्लो महिनाको तुलनामा बन्दा प्रतिकेजी १५ रुपैँया, काउली, घिरौला, हाइब्रीड घिउ सिमीमा प्रतिकेजी ३० रुपैँयाले बृद्धि भएको छ । यसैगरी पालुगोको साग र चमसुरको साग प्रतिकेजी ५० रुपैँयाले बृद्धि भएको छ ।

बड्दो मुल्य बृद्धिको कारण आम उपभोक्ता चाडवाडले आक्रान्त भएको समय दैनिक भान्सा चलाउन समेत नसक्ने अवस्थामा पुगेका छन । चाडपर्वले भएको पैसा सकिएको अवस्था र दैनिक रोजीरोटीको लागि आर्थिक गतिविधि चलायमान नभएको अवस्थामा बढेको मुल्यले सर्वसाधारण थप मारमा परेका छन् ।

प्रकाशित : सोमबार, कार्तिक २२, २०७८०८:४३

पेलेरै जाने रणनीतिमा राणा !