सलाह फ्लप हुँदा लिभरपुल पराजित, युनाइटेड विरुद्ध ह्याट्रिक गरेपछि गोल गर्नै सकेनन् !

एजेन्सी – इङ्गलिस प्रिमिय लिगमा लिभरपुल वेस्ट ह्यामसँग स्तब्द भएको छ। आइतबार राति भएको खेलमा लिभरपुल वेस्ट ह्यामसँग ३-२को गोल अन्तरले पराजित भएको हो।

आइतबारको हारसँगै लिभरपुलको अपराजित यात्रा अनि टुंगिएको छ। लिभरपुल गएको २५ खेलमा पराजित भएको थिएन। नयाँ सिजन शुरु हुँदा लगातार उच्च प्रदर्शन गर्न सकेको लिभरपुलले पछिल्ला केहि खेल देखि सन्तोषजनक प्रदर्शन गर्न सकिरहेको छैन।

आइतबारको खेलमा वेस्ट ह्यामको तर्फबाट फोर्नाल्स र जौमाले गोल गरे। एक गोल भने लिभरपुलको आत्मघाती गोल थियो। त्यस्तै लिभरपुलको तर्फबाट ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड र डिभोक ओरिगीले गोल गरे।

खेलको चौथो मिनेटमा पाब्लो फोर्नाल्सको कर्नर बचाउने प्रयास गर्दा बल सिधै पोस्ट भित्र छिरेको थियो। ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले उत्कृष्ट फ्रिकिक गोल गरे।

त्यस्तै दोस्रो हाफको ६७ औं मिनेटमा फोर्नाल्सले गोल गरे भने त्यसको ७ मिनेटपछि बोवेनको कर्नरमा कर्ट जौमाले हेडरमा गोल गरे। खेल ३-१को अवस्थामा पुगेपछि धर्मराएको लिभरपुललाई ओरिगीले खेलमा फर्काउने प्रयास गरे। खेलको ७ मिनेट बाँकी रहँदा डिभोक ओरिगीले गोल गरे।

युनाइटेड विरुद्ध ह्याट्रिक गरेपछि गोल बिहिन् सलाह

लिभरपुलका मुख्य स्ट्राइकर मोहम्मद सलाह पछिल्लो केहि खेलहरुमा गोल गर्न सकिरहेका छैनन्। म्यानचेस्टर युनाइटेड विरुद्ध ह्याट्रिक गरेयता उनले एक गोल पनि गर्न सकेका छैनन्। युनाइटेडको खेल पछि सलाहले लिभरपुलका लागि तीन खेल खेले, तर गोल गर्न भने सकेनन्।

प्रकाशित : सोमबार, कार्तिक २२, २०७८०९:०५

मेस्सी अहिलेको अवस्थामा अर्जेन्टिनाबाट नखेलुन् भन्ने पिएसजीको चाहना !