मेस्सी अहिलेको अवस्थामा अर्जेन्टिनाबाट नखेलुन् भन्ने पिएसजीको चाहना !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का खेलकुद निर्देशक लियोनार्डोले लियोनेल मेस्सी अर्जेन्टिनाको राष्ट्रिय टोलीका लागि फिर्ता बोलाइएको प्रति असन्तुष्टि जनाएका छन्।

एक मिडियासँग कुराकानी गर्नेक्रममा लियोनार्डोले पूर्वरुपमा फिट नरहेका मेस्सीलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीमा समावेश गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।

लियोनार्डोले ले पेरिसियनसँग कुराकानी गर्दै मेस्सी पूर्ण रुपमा फिट नरहेको र उनी रिकभरीमा रहेको बताए। चोटिल भएर खेल्न नसकिरहेका खेलाडीलाई राष्ट्रिय टोलीका लागि पठाउने पक्षमा आफूहरु नरहेको उनको भनाई छ।

“खेल्न योग्य नभएको र रिकभरीमा रहेको खेलाडीलाई आफ्नो राष्ट्रिय टोलीमा सामेल हुन दिन हामी सहमत छैनौं।”,लियोनार्डोले ले पेरिसियनसँग कुराकानी गर्नेक्रममा भने।

यस्तो अवस्था बारे विस्तृत छलफल गर्न आवश्यक रहेको पनि उनले बताए। खेलाडी पूर्णरुपमा फिट नभएको अवस्थामा राष्ट्रिय टोलीका लागि फिर्ता बोलाउन मिल्ने-नमिल्ने विषयमा फिफामा पनि छलफल हुनुपर्ने उनको भनाई छ।

“यसको कुनै अर्थ छैन र यस प्रकारको अवस्था फिफासँग छलफल गर्न आवश्यक छ।,उनले भने। मेस्सी गएको केहि समय देखि पूर्णरुपमा फिट छैनन्। खुट्टामा समस्या देखिएपछि पछिल्ला केहि खेलहरुमा पिएसजीको स्क्वाडमा समावेश भएका छैनन्। मेस्सी निको हुने क्रममा रहेको पिएसजीको भनाई छ।

विश्वकप छनौटमा अर्जेन्टिनाले उरुग्वे र ब्राजिलको सामना गर्दैछ। त्यसको लागि मेस्सी अर्जेन्टिना बोलाइएका छन्। पूरा फिट नभई मैदानमा उत्रिँदा मेस्सीको अवस्था झनै बिग्रने त होइन भन्ने पिएसजीको चिन्ता छ।

प्रकाशित : सोमबार, कार्तिक २२, २०७८११:१२

लिभरपुललाई सिजनको पहिलो हार चखाएको वेस्ट ह्यामको च्याम्पियन्स लिगमा नजर !