एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्याम लिगको शिर्ष चारमा उक्लिएको छ। आताबार राति भएको खेलमा लिभरपुललाई ३-२ ले पराजित गरेसँगै वेस्ट ह्याम शिर्ष ४ मा उक्लिएको हो।
आइतबार राति घरेलु मैदानमा भएको खेलमा वेस्ट ह्यामले लिभरपुलको अपराजित यात्रामा पूर्णविराम लगाइदियो। आइतबारको खेलमा वेस्ट ह्यामको तर्फबाट फोर्नाल्स र जौमाले गोल गरे। एक गोल भने लिभरपुलको आत्मघाती गोल थियो। लिभरपुललाई पराजित गरेपछि वेस्ट ह्याम इगको तेस्रो स्थानमा उक्लिएको छ।
वेस्ट ह्याम गएको ४ खेलमा पराजित भएको छैन। सबै प्रतियोगिताको कुरा गर्ने हो भने पछिल्ला ७ खेलमा वेस्ट ह्याम अपराजित छ। प्रिमियर लिगका ११ खेल खेल्दा वेस्ट ह्यामले सात खेलमा जित निकालेको छ। बाँकी २ खेलमा हर बेहोर्दा वेस्ट ह्यामले २ खेल बराबरी खेलेको छ।
वेस्ट ह्याम गएको सिजन पछि धेरै राम्रो प्रदर्शन गरेर युरोपा लिगका लागि छनौट भएको थियो। तर यस सिजन भने त्यो भन्दा राम्रो गर्ने पक्षमा प्रशिक्षक डेभिड मोयेस रहेका छन्।
लिभरपुलसँगको खेलमा जित निकालेपछि डेभिड मोयेसले गएको सिजन भन्दा एक कदम अगाडी बढ्ने पक्षमा आफूहरु रहेको बताए। बिबिसीसंग कुराकानी गर्नेक्रममा उनले गएको सिजन २ अंकले च्याम्पियन्स लिगका लागि छनौट नभएको स्मरण गरे।
बिबिसीले प्रिमियर लिगका लागि दौडमा हुनुहुन्छ भने सोध्दा मोयेसले आफू सधैं सकारात्मक रहने भएपनि अहिले नै आफूहरु उपाधि होडमा छौँ भनेर भन्न नसकिने अवस्था रहेको बताए।
“म सधैं सकारात्मक हुन चाहन्छु, म भन्न चाहन्छु कि हामीले उपाधिका लागि चुनौती दिन सक्छौं। तर अहिले नै त्यस्तो अवस्था चाहिं मा देख्दिन। “,मोयेसले भने। तर शिर्ष चारका लागि भने आफूले कडा चुनौती दिने उनले बताए। जुन सुकै टोली भएपछि शिर्ष ४ मा अटाउन आफूहरु सक्दो रायस गर्ने उनको भनाई छ।