रियललाई हालाण्डका पिताको झड्का, हालाण्डलाई यो क्लबमा पठाउन चाहन्छन् अल्फ-इन्जे !

एजेन्सी – बोरुसिया डर्टमुन्डका नर्वेली युवा स्टार एर्लिङ हालाण्डको ट्रान्सफर लगातार चर्चामा छ। डर्टमुन्डमा तहल्का मच्चाउन सफल हालाण्ड माथि युरोपका सबै क्लबको नजर रहेको कुरा नौलो रहेन।

युरोपका सबै जस्ता ठूला भनिएका क्लबहरु हालाण्डलाई आफ्नो क्लबमा चाहन्छन्। एक गोल मेसिनको रुपमा विकसित भैरहेका युवा स्ट्राइकर हालाण्डलाई आफ्नो क्लबमा ल्याएर युरोपमा राज गर्ने धेरै क्लबको योजना छ। तर हालाण्ड भित्रयाउन कुनै पनि क्लबलाई सहज भने हुने छैन।

हालाण्डलाई लिएर धेरै क्लब बीच प्रतिष्पर्धा हुने पक्का जस्तै छ। अहिले देखि नै धेरै क्लबहरु अनौपचारिक प्रतिष्पर्धामा जुटिसकेका छन्। हालाण्डका एजेन्ट र उनका पितासँग धेरै क्लबहरुले सम्पर्क गरिरहेको बताइन्छ। केहि समय अगाडी मात्रै हालाण्डका एजेन्ट मिनो राइओलाले विभिन्न क्लबहरुले हालाण्डलाई लिएर चासो व्यक्त गरेको बताएका थिए।

रियल म्याड्रिडको चासो

गएको केहि वर्ष देखि फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेलाई प्राथमिकतामा राखिरहेको स्पेनिस महारथी रियल म्याड्रिड हालाण्ड तर्फ पनि केन्द्रित भएको छ। एम्बाप्पे भित्रयाउन नसकेको अवस्थामा मात्र नभई एम्बाप्पे भित्राउन सकेको अवस्थामा पनि हालाण्डलाई भित्र्याउने रियलको योजना छ। रियल एम्बाप्पे र हालाण्ड दुवै खेलाडी किन्न सक्ने अवस्थामा रहेको चर्चा समेत गरिन्छ। तर अवस्था जे जस्तो होस्, रियल हालाण्डलाई भित्रयाउन चाहनेमा स्पष्ट छ।

अल्फ-इन्जेको छुट्टै चाहना

रियल सहितका ठूला क्लबले चासो राखेको भएपनि हालाण्डले कुनै पनि निर्णय गरिसकेका छैनन्। पूर्व खेलाडी समेत रहेका उनका पिता अल्फ-इन्जेले हालाण्डको भविष्य बारे निर्णय गर्ने गएका छन्। हालाण्ड कहाँ जान्छन् भन्ने कुरा पनि अल्फ-इन्जेलेमा भरपर्नेछ। पछिल्लो एक खबरका अनुसार अल्फ-इन्जेले हालाण्ड रियल म्याड्रिड भन्दा पनि बार्सिलोना जानुपर्ने पक्षमा छन्। बार्सिलोना गएको खण्डमा हालाण्ड खेलको केन्द्रमा हुने र त्यसले हालाण्डलाई फाइदा पुर्याउने उनको बुझाइरहेको अन्तर्राष्ट्रिय संचार माध्यमहरु बताउँछन्।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८१०:१७

प्रशिक्षक फेर्दैमा बार्सिलोनालाई सास्ती, खर्च भयो अति ठूलो रकम !