“छक्का पञ्जा ४’बाट जितु नेपाल आउट, आफैं गरे यस्तो घोषणा !

काठमाडौँ – हाँस्यकलाकार जितु नेपालले चलचित्र ‘छक्का पञ्जा ४’मा आफू नहुने बताएका छन्। सोमबार एक पत्रकार सम्मेलनका क्रममा नेपालले चलचित्र ‘छक्का पञ्जा ४’मा आफू नहुने बताएका हुन्।

सोमबार कमेडी रियालटी शो ‘मुन्द्रेको कमेडी क्लब’ बन्द भएको जानकारी दिनेक्रममा नेपालले ‘छक्क पञ्जा’ चलचित्र सिरिजमा लगातार देखिँदै आएका उनले आउने चलचित्रमा आफू नहुने स्पष्ट पारे।

स्पष्ट पार्नेक्रममा नेपालले चलचित्रको ट्रेलरमा नअटाएको आफू चलचित्रमा पनि नहुने बाए। उनले भने,”हिन्दी फिल्मका दर्शकसम्म पुगेको ‘छक्का पञ्जा ४’ को ट्रेलर म अटेको छैन । यस्तो बेला नअटेको म, सायद फिल्ममा पनि रहन्न होला”

आफू जस्तो सामान्य कलाकारलाई नायक बनाइदिएकोमा उनले दीपक राज गिरी र दीपाश्री निरौलालाई धन्यवाद दिए। दिपक र दीपाबाट धेरै आश गरिरहन नहुने उनको भनाई छ।

“म सामान्य कलाकारलाई दीपक दाई र दीपा दिदीले फिल्मको हिरो समेत बनाइसक्नु भएको छ । मेरो लागि उहाँहरुले धेरै गर्नु भएको छ । सधै उहाँहरुबाट मैले आस राख्नु हुँदैन ।”,उनले भने।

प्रकाशित : मङ्गलबार, कार्तिक २३, २०७८१४:१०

उकालो लाग्यो सुनको मूल्य, १ सय ३ दिन यताकै महँगो भयो !