काठमाडौँ – पेट्रोलियम पदार्थको मूल्य फेरी पनि बढेको छ। गएको केहि समय देखि निरन्तर बढी रहेको पेट्रोलियम पदार्थको मूल्य फेरी पनि बढेको हो।
नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि भएको छ। यससँगै अब डिजेलको मूल्य प्रतिलिटर १ सय १९ रुपैयाँ र पेट्रोलको मूल्य १ सय ३६ रुपैयाँ पर्नेछ।
यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ३३ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय १३ रुपैयाँ रहेको थियो। पकाउने एलपी ग्याँसकाे मूल्य प्रतिसिलिन्डर ७८ ले बढेर १५ सय ७५ पुगेको छ । नयाँ मूल्य बुधबार मध्यराति देखि नै लागू हुने निगमले जनाएको छ।
त्यस्तै हवाइ इन्धनको मूल्य पनि बढेको छ। हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ५ बढेर १ सय १ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर ८ सय ९५ अमेरिकी डलर कायम गरिएको छ ।
यस अगाडी पेट्रोलियम पदार्थको मूल्य १२ दिन अगाडी मात्रै बढेको थियो। यस बेला पनि पेट्रोल-डिजेलको मूल्य ३ रुपैंयाँले बढेको थियो भने ग्यासको मूल्य ५० रुपैयाँले बढेको छ।

