पुरुष र महिला पनि हुन सक्छन् असल मित्र, नपत्याए हेर्नुस् यी बलिउड स्टारलाई !

एजेन्सी – बलिउडमा दुश्मनी मात्र होइन मित्रता पनि छ। बलिउडका कयौं कलाकार बीच धेरै राम्रो सम्बन्ध छ। सँगै काम गर्दा बसेको मित्रता धेरै वर्ष सम्म अगाडी बढेको कयौं उदाहरण छन्।

बलिउडमा यस्ता अभिनेताहरु पनि छन्, जसको महिला कलाकारहरुसँग राम्रो सम्बन्ध छ। सच्चा मित्र रहेका बलिउडका अभिनेता र अभिनेत्रीहरु बारे केहि जानकारी निम्न छ।

सलमान खान – प्रीति जिन्टा

बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टाको बलिउडका लगभग धेरै कलाकारसँग राम्रो सम्बन्ध छ। तर सलमान खानसँग भने प्रीतिको सम्बन्ध छुट्टै स्थानमा छ। सलमान र प्रीति धेरै नै मिल्ने साथि हुन्। सलमान मात्र होइन, प्रीतिको खान परिवारसँग राम्रो मित्रता छ। सोहेल खानले प्रीतिलाई जिन्टा भनेर बोलाउँछन् । कयौं पटक प्रीति र सलमानले आफ्नो मित्रता व्यक्त गरेको पाउन सकिन्छ।

शाहरुख खान-काजोल

शाहरुख र काजोलको अनस्क्रिन केमेस्ट्री सबैलाई थाहा छ । जब पनि पर्दामा यी दुई एकसाथ आएका छन्, उनीहरुको केमेस्ट्रीले सबैको मन जितेको छ। यद्यपि वास्तविक जीवनमा दुवै एकदमै मिल्ने साथी हुन्। विभिन्न चलचित्रमा सँगै कम गरिसकेका यी दुईको मित्रतामा अहिले सम्म समस्या आएको छैन। दुवै विवाहित भएर पनि यी दुईको मित्रता अगाडी बढिरहेको छ।

वरुण धवन-आलिया भट्ट

वरुण र आलिया स्टार किड्स हुन् र दुबैले स्टुडेन्ट अफ द इयर फिल्मबाट डेब्यू गरेका थिए। वास्तविक जीवनमा दुवै एकअर्काका निकै मिल्ने साथी हुन् । पर्दामा उनीहरुको जोडीलाई फ्यानहरुले मन पराएपनि रियल लाइफमा भने यी दुई धेरै मिल्ने साथी रहेका छन्।

करण जोहर र ट्विंकल खन्ना

करण जोहर र ट्विंकल खन्ना एकअर्काका असल साथी मानिन्छन् । यी दुईको मित्रतालाई सार्वजनिक रुपमै देख्न पाइनेछ। विभिन्न अवसरहरुमा यी दुई एक-अर्कालाई उडाइरहेका देखिन्छन्।

शाहरुख खान-जूही चावला

शाहरुख खान र जूही चावला दुवैले धेरै चलचित्रहरुमा सँगै काम गरेका छन्। जोडीको रुपमा पर्दामा देखा परेपनि वास्तविक जीवनमा भने यी दुई धेरै मिल्ने साथी हुन्। शाहरुख र जुही आईपीएल टोलीका साझेदार हुन् भने जूही चावला पनि आर्यनको जमानतमा उपस्थित थिइन् । यसले उनीहरूबीच कति राम्रो मित्रता छ भन्ने देखाउँछ।

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८१५:४०

जब निर्माताले मल्लिकाको कम्मरमा रोटी सेकाउन खोजे …