अध्यक्ष ओलीको निवासमा जनगणना

eQmk'/, @% sflQs -/f;;_ M g]skf Pdfn]sf cWoIf Pj+ k"j{k|wfgdGqL s]kL zdf{ cf]nLsf] cfh eQmk'/sf] afnsf]6l:yt lgjf;df hgu0fgfsf] tYof+s ;+sng ul/b} . tl:j/ ;f}hGoM s]kL cf]nL ;lrjfno

काठमाडौँ – केन्द्रीय तथ्याङ्क विभागको टोलीले प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको निवास, भक्तपुरमा आज जनगणना गरेको छ ।

अध्यक्ष ओलीको उपस्थितिमा श्रीमती राधिका शाक्यको घरमूलीका हैसियतमा सूर्यविनायक नगरपालिका–२, बालकोटस्थित निवासमा विभागका महानिर्देशक नेविनलाल श्रेष्ठ, अन्य अधिकारी, भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहित गणकको उपस्थितिमा गणना गरिएको हो ।

विभागका निर्देशक ढुण्डीराज लामिछानेले महिला घरमूली भएर गणना गराइनु फरक आयाम थपिएको र आजको राष्ट्रिय जनगणनाको शुभारम्भका मुख्य कार्यक्रम सबै सफल भएको जनाउनुभयो । आज बिहान राष्ट्रपति विद्यादेवी भण्डारीबाट १२औँ राष्ट्रिय जनगणनाको शुभारम्भ भएको थियो ।

प्रकाशित : बिहिबार, कार्तिक २५, २०७८२१:५९

सुन १ सय ५४ दिन यताकै महँगो !